२२, फाल्गुण, बाँपीझ्याला, काठमाण्डौं । पूर्व विद्यार्थीहरुको सहयोगमा भीम माध्यमिक विद्यालय दोलखामा निर्माणाधिन अवस्थामा रहेको सभाहलको लागि आर्थिक सहयोग जुटाउनको लागि गत फागुण १२ गते उपत्यका स्थित एलो पेगोडा होटेलमा बसेको बैठकको निर्णय अनुसार आज २२ गते स्काईजोन रेष्टुरेण्ट धुम्वाराहीमा भेला सम्पन्न भएको छ । भीम माध्यमिक विद्यालयमा अध्ययरत दोलखा जिल्लाका करिव ६० जना पूर्व विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।
भीम माध्यमिक विद्यालय पूर्व विद्यार्थीका अध्यक्ष रमेश खतीवडाले भीम माध्यमिक विद्यालयमा निर्माण भईरहेको सभाहलको लागि हालसम्म प्राप्त सहयोग रकम र सहयोगी पुर्व विद्यार्थीहरुको नाम सुनाउनु भएको थियो ।

जस अनुसार पुर्व विद्यार्थीहरुमा शैलुङ घर भई हाल बानेश्वर मिलनचोक बस्नु हुने समाजसेवी सोभित उप्रेतीबाट ५० हजार, समाजसेवी भीमसेन दाहालबाट २५ हजार, मनीता श्रेष्ठबाट २२ हजार ६ शय विस, डा. अनीता श्रेष्ठबाट २० हजार पाँच, सत्यकृष्ण श्रेष्ठबाट २० हजार पाँच, व्यवसायी कोलिन किरण श्रेष्ठबाट २० हजार, प्रा. डा. हरिदर्शन श्रेष्ठबाट २५ हजार, शैलुङ घर भई हाल बालुवाटार बस्नु हुने समाजसेवी एंव कलाकार पुष्कर गुरुङबाट २५ हजार, गोविन्द रिमालबाट २० हजार, रिना चाकुबजी श्रेष्ठबाट ८ हजार पाँचशय, ढालबहादुर खड्काबाट ५ हजार ५ शय पाँच, नवराज न्यौपानेबाट ५ हजार दश, गरी जम्मा २ लाख ४३ हजार ६ शय पैतालिस रुपैया प्राप्त भएको जानकारी दिनु भयो ।
यसै गरी प्रा. डा. हरिदर्शन श्रेष्ठले उपस्थित सम्पूर्ण महानुभावहरुलाई स्वागत भाषणबाट स्वागत गर्नु हुर्दै अहिलेको पूर्व विद्यार्थी समाजको काम र उद्देश्य बारे स्पष्ट पार्नु भएको थियो ।

उपत्यका स्थित पूर्व विद्यार्थी समाजका संयोजक एवं बरिष्ठ कलाकार मदनदास श्रेष्ठले कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै आगामी बैशाख महिनासम्ममा सभाहल सम्पन्न गर्नु पर्ने र यसको लागि सवैको साथ र सहयोगको अपेक्षा रहेको भनाई व्यक्त गर्नु भयो ।
यसै गरी सभाहल निर्माण कार्यको लागि दोलखाको हरेक सामाजिक क्रियाकलापमा अग्रपंक्तीमा रही सहयोग गर्दै आउनु भएका दोलखाली चेली हाल पुल्चोक बसोबास गर्दै आउनु भएका समाजसेवी एवं व्यवसायी सकुना श्रेष्ठले रु. २ लाख सहयोग गर्ने बचत प्राप्त भएको बताउनु हुर्दै वहाँलाई हार्दिक आभार सहित धन्यवाद व्यक्त गर्नु भयो ।
भीमेश्वर नगरपालीका वडा नं. २ तिखातल घर भई हाल अमेरीका बस्दै आउनु भएका विमल श्रेष्ठले आफु लगाएत आमा बुबा त्यही स्कुलबाट अध्ययन पुरा गरेकोले उक्त कार्यको लागि आफ्नो तर्फबाट १ लाख ५५ हजार ५ शय ५५, यसै गरी वडा नं. २ डोक्छे निवासी रविन्द्र नारायण श्रेष्ठले २० हजार १ शय सहयोग गर्ने बचतबद्धता प्राप्त भएको जानकारी प्राप्त भएको छ ।
२०२३ सालदेखि २०२५ सालसम्म एस.एल.सी. पास गर्नु हुने अग्रज पूर्व विद्यार्थीहरु डा. श्याम जोशी, भल्ला मास्के, प्राध्यापक अमन श्रेष्ठ, प्रभाकरमान सिंंह र पूर्व विद्यार्थी काठमाण्डौं संयोजक एवं बरिष्ठ कलाकार मदनदास श्रेष्ठलाई अग्रपंक्तीमा राखी सम्मान स्वरुप मन्तव्य दिन लगाएको थियो । एस.एल.सी. पास गरेको ५४ बर्ष पुरा भएकोले भीमेश्वर नगरपालीका वडा नं. २ घर भई हाल कलंकी बस्नु हुने भल्ला मास्केले ५४ हजार सहयोग गर्ने बचत दिनु भएको थियो ।

यसै गरी उपस्थिती पूर्व विद्यार्थीहरुले आ–आफुले सहयोग गर्ने सहयोग रकम तोक्नु भएको थियो । साथै निर्माण भईरहेको सभाहरुलाई कसरी चुस्त र राम्रो बनाउने भन्ने बारेमा सहभागीहर बिच बिचार विमर्श भएको थियो ।
आमन्त्रणलाई स्विकार गरी पाल्नु हुने सम्पुर्णमा हार्दिक धन्यवाद दिर्दै संयोजक रमेश खतिवडाले कार्यक्रम समापन गरिएको थियो । समापन पछी उपस्थित सम्पूर्णमा विहानको खानाको पश्चात विदाई गरिएको थियो ।