Search

लघुकथा – बन्द

लघुकथा – बन्द


मिसु श्रेष्ठ
“बन्द–हड्ताल गरेर आफ्नो राजनैतिक अभीष्ट पूरा गर्ने परम्परा बन्द गरौं ।“
“सर्वसाधारणको दैनिकीलाई प्रभाव पार्ने बन्दको परम्परालाई बन्द गरौँ ।“
बाटो बन्द गरेर, देश बन्द गरेर सर्वसाधारणको जीवनको बाटो बन्द नगरौँ ।“
“सरकारको विरोध गर्ने यो उचित तरिका होइन । आफ्ना मागलाई सौहार्दपूर्ण तरिकाले राखी सरकारसँग वार्ता गर्नु उचित हुन्छ ।“
“बन्दलाई सधैंको लागि बन्द गरौँ ।“

सरकार पक्ष र विपक्षको सडकमा गरिएको प्रदर्शनले जाम हुँदा कार्यालय समयमा पुग्न गाह्रो भइ दैनिकीमा असर परेको धेरै भइसकेको थियोे ।फेरि आज ञ नेपाल बन्द रे झ !

हाकिमलाई फोन गरेँ ।“ हरि जि , सरकारको कडा निगरानी हुनेछ रे – आज कसैलाई अनुपस्थित गराउन मिल्दैन । नत्र कारबाही गर्ने निर्देशन छ । तपाईं नै निर्णय गर्नुस्, आफ्नो जागिर कसरी जोगाउने! “फोन काटियो ।

आफ्नै संचित बिदा कटाएर बस्न पनि कारबाही हुने भएपछि खाना नै नखाई कार्यालयको लागि हिडेँ। करिब १०÷१२ मिनेट पछि प्रदर्शनकारीले बाइक रोके ।

एकथरीले सवाल जवाफ गर्दै थिए, अर्काथरीले बाइक जफत गरे।अनेक बहाना बनाएर अनुनय विनय गर्दा पनि सुन्न त कताकता, “आगो लाइदिनु पर्छ, भन्दै तम्सन थालेपछि म आँत्तिदै माथिको सारगर्भित भनाइ राख्ने साथी उत्तमलाई सम्झे।हत्तपत्त फोन गरेँ । ऊ तुरुन्त घटनास्थलमा पुगेर मलाई आन्दोलनकारीबाट छुटकारा त दिलायो तर मेरो बाइक आफैले हाँकेर कार्यालय तिर नभइ घरसम्म पुर्याइदियो ।

मैले जिज्ञासा राखेँ– “तिमी त बन्दको विरोधि थियौ हैन र ?“
बन्द विरोधी त्यत्रो अभियान नै चलायौ ।“

“साथी ऊ बेला हामी सरकारमा थियौँ त!“ ऊ सन्तोषजनक मुस्कुराउदै आत्मियतापूर्वक दह्रो हात मिलाएर बिदा भयो ।

काँडाघारी, काठमाडौं

दोलखाको चाडपर्ब तथा जात्राहरु

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!