बाँपीझ्याला, काठमाण्डौं । प्रि–मनसुनी गतिविधिका कारण देशका विभिन्न स्थानको मौसम बदली भइ केही स्थानमा पानी पर्ने सम्भावना रहेको मौसम विदले बताएका छन् । मौसमविदका अनुसार प्रि–मनसुनी गतिविधि सुरु भएकाले देशका विभिन्न क्षेत्रमा अकश्मात बादल विकास भइ हावाहुरीसहित पानी पर्ने हुन्छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशका केही पहाडी भू–भागहरूमा आंशिक देखि सामान्य बदली रहेको छ भने बाँकी भू(भागहरूमा मौसम सामान्यतया सफा रहेको छ।
शनिबार दिउँसो प्रदेश १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागहरुको एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
यस्तै राति प्रदेश १, बागमती प्रदेश तथा सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।
प्रदेश १, बागमती प्रदेश तथा सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागको एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
+ There are no comments
Add yours