२१ फागुन, बाँपीझ्याला, काठमाण्डौं । नेपाल बैंक लिमिटेडमा करिव दुई सय जनाका लागि रोजगारी खुलेको छ । सो का लागि अनलाइन दरखास्त आवहान गरिएको छ । प्रबन्धक पदका लागि २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने छ भने सहायक र तह ३ कनिष्ठ सहायक पदका लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ ।
नेपाल बैंकले एक सूचना प्रकाशन गरी लोक सेवा आयोगको सहमतिअनुसार रिक्त पदहरूमा खुला प्रतियोगिताबाट पदपूर्तिका लागि आवेदन आवहान गरेको हो । अनलाइन दरखास्त खुलेको र सो को अन्तिम म्याद चैत १२ गतेसम्म रहने छ । नेपाल बैकले सहायक प्रबन्धक, आइटीतर्फ सहायक प्रबन्धक तथा प्रदेशहरू अन्तर्गत सहायक कर्मचारी गरी एक सय ९२ जनाका लागि आवेदन आवहान गरेको छ ।