Search

नेपाल शान्तिपुर्ण इतिहासमा प्रबेश गरेको छ, अब हिंसात्मक द्वन्द्व हुने छैन : प्रधानमन्त्री ओली

नेपाल शान्तिपुर्ण इतिहासमा प्रबेश गरेको छ, अब  हिंसात्मक द्वन्द्व हुने छैन : प्रधानमन्त्री ओली

२१ फागुन, बाँपीझ्याला, काठमाडौं । प्रदर्शनी मार्ग स्थित राष्ट्रिय सभा गृहमा नेपाल सरकार र नेकपा कम्युनिस्ट पार्टी बिप्लब समूह बिच सम्पन्न सहमतीमा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रधानमन्त्री केपि शर्मा ओलि, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री राम बहादुर थापा, पूर्व सभामुख सुवास चन्द्र नेम्वाङ, नेकपा बिप्लबका महासचिव नेत्रबिक्रम चन्द, धर्मेन्द्र बास्तोला, नेकपा बिप्लब समूह केन्द्रिय प्रबक्ता खड्ग बहादुर बिश्वकर्मा, लगाएतका नेता तथा पत्रकारहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा कसले के भने
नेपाल सरकार र हामी बिच भएको बार्ताले ऐतिहासिक दिन भएको छ । नेपाली माटो र नेपाली जनताको अपेक्षा सम्बोधन गर्ने गरि यो नेपालको अग्रगमनलाई ध्यान राख्दै आज हामिले यो कार्यक्रममा उपस्थिति भएका छौ । भन्दै स्वागत मन्तव्य दिएका छन् ।

नेपाल सरकार तथा विप्लकको पार्टी विच भएको सहमति बुद्धाहरु उल्लेख गरेका छन् ।

तीन बुदे सम्झौताका बुदाहरुः
१ : सुबै पक्ष नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टी देसको राजनितीक समस्याहरुमा बार्ता तथा सम्बाद बाट समाधान गर्न सहमत भएका छौ ।
२ : नेपाल कम्युनिस्ट पार्टी आफ्ना सबै राजनीतिक क्रियाकलापहरु शान्तिपुर्व रुपमा संचालन गर्न सहमत भएको छ ।
३ : नेपाल सरकारले नेकपा माथी लगाइएको प्रतिबन्ध हटाउन र कारागारमा रहेका सम्पुर्ण नेता तथा कार्यकर्ताको रिहाई तथा सम्पुर्ण मुद्दाहरु खारेज गर्न सहमत भएको छ ।

नेत्रबिक्रम चन्द : नेपालको राजनीतिको नयादिन सृजना गर्न र यो तीन बुदे सहमती भएको छ।नेपाली जनताको आज सम्म पूरा नभएको आकांक्षा पूरा गर्न दुई पार्टीको प्रतिबद्ध गर्ने छौ।

साथै उनले यो सहमत दुई पार्टीको सहमती मात्र होईन सम्पुर्ण नेपाली जनताको चाहाना नेपालीको समृद्धि र नेपालि युवाहरुले चाहेको सुन्दर जिवनको आकांक्षालाई मध्यनजर गर्दै हामी आज यहाँ खुसी साथ उपस्थिति भएको बताएका छन् । आज सम्म धेरैको चाहाना पूरा भए तर शहिदका चाहाना र नेपाली जनताका चाहाना पूरा भएको छैन् । झापा आन्दोलन देखि हाम्रा अग्रजहरुले गर्नु भएको योगदान अबिस्मरणिय छ । हामी हाम्रो ज्यान बलिदान गर्न सक्छौ तर शहिदका सपना मार्न सक्दैनौ । हामी तीन बुदेमा प्रतिबद्ध छौं । यसमा कसैले शंका नगर्दा हुन्छ । जनतालाई नयाँ फैसलाको अधिकार दिनु पर्छ । बिदेशीको हस्तक्षेप आफू र आफ्नो पार्टीलाई सैय नहुने बताउनु भयो ।

उत्पीडित समुदायले राहतको अनुभुती गर्न सकेन र नेपालको संसदिय व्यबस्थाको जुन गलत व्याख्या भयो हामी त्यसको विरुद्धमा राजनीतिक रुपान्तरणका लागि हामी लडेका हौ भनेका छन् ।
कार्यक्रममा प्रधानमन्त्री केपि शर्मा ओलिले आज भन्दा ४८ बर्ष अघि ठिक आजकै दिनमा राजनीतिक परिबर्तनका लागि लडेका ५ जनाको जेल सार्ने निहुमा हत्या गरियो उहाँहरुको सम्झनामा आज हार्दिक सम्बेदना प्रकट गर्नु भयो ।

उनले म नेकपा महासचिब बिप्लबलाई यस ऐतिहासिक कदमको लागि हार्दिक धन्यवाद भन्न चाहान्छु भन्दै बिप्लबले एउटा साहसी कदम चाल्नु भएको छ नेपाली जनताले शान्ति खोजेको छ । त्यो चाहाना अनुसार शान्ती प्रक्रियामा आउनु भएको छ अब नेपालम पुर्ण रुपमा शान्ती छाएको छ । अब नेपालमा हिंसात्मक द्वन्द्व हुने छैन नेपाल शान्तिपुर्ण इतिहासमा प्रबेश गरेको छ । हामीले यो कदम रातारात चालेका होईनौ हामीले बर्षौ बर्ष देखि बार्ता चलाईरहेको थियौ । अहिलेको सरकार एकदमै सफल हो । संयुक्त राष्ट्र संघले नेपाललाई अल्पविकसित देशको सूचीबाट हटाई विकसित राष्ट्रमा स्तरोन्नति गर्न सिफारिस गरेको छ । हामी झ्यालबाट होईन सिधै सिंहदरबारको ढोकाबाट आएका हौ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!