Search

द्वाल्खा म्यासमुचा खलकको कार्यालय उद्घाटन तथा सम्मान कार्यक्रम सम्पन्न

द्वाल्खा म्यासमुचा खलकको कार्यालय उद्घाटन तथा सम्मान कार्यक्रम सम्पन्न
डा.अनिता श्रेष्ठ

२१, फाल्गुण, बाँपीझ्याला, काठमाण्डौं । द्वाल्खा म्यासमुचा खलक दोलखाको बसुन्धरा स्थित कार्यालय संचालनमा ल्याएको अवसर पारेर विजुली बजार स्थित क्रिष्टल पार्टी प्यालेसमा कार्यालय उद्घाटन तथा सम्मान कार्यक्रमको आयोजना गरिएको छ ।

नेपाल सरकार सूचना संचार तथा प्रविधी मन्त्रालय अन्र्तगत सरकारका प्रवक्ता एवं मन्त्री पार्वत गुरुङले नियुक्ती गरेका बिभिन्न व्यक्तिहरु, म्यासमुचा खलकलाई सहयोग गर्ने समाजसेवी र दोलखाका लब्ध प्रतिष्ठीत व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । यसै गरी कोरोनाको बेलामा बिभिन्न स्थानमा गई खाद्यान्न प्रदान गरि सेवा गर्ने खलककै अध्यक्ष कलावती श्रेष्ठ र सचिव यजु मैया श्रेष्ठलाई दोसला ओराई द्वाल्खा म्यासमुचा खलकले सम्मान गरिएको छ ।

नेपाल सरकार सूचना संचार तथा प्रविधी मन्त्री एवं नेपाल सरकारका प्रवक्ता पार्वत गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रम खलकका अध्यक्ष कलावती श्रेष्ठको अध्यक्षतामा संचालन भएको थियो । यसै गरी उपस्थित महानुभावहरुलाई खलकका उपाध्यक्ष अन्नपुर्ण श्रेष्ठले स्वागत भाषणबाट स्वागत गरिएको थियो ।

शुभकामना मन्तव्य दिनेहरुमा नेपाल सरकार सूचना संचार तथा प्रविधी मन्त्री एवं नेपाल सरकारका प्रवक्ता पार्वत गुरुङ, जेष्ठ नागरिकका अध्यक्ष तथा बरिष्ठ कलाकार मदनदास श्रेष्ठ, पशुपति विकास कोष प्रमुख डा. घनस्याम खतिवडा, द्वाल्खा गुठीका अध्यक्ष रुपा श्रेष्ठ, द्वाल्खा म्यासमुचा खलकका संस्थापक अध्यक्ष अञ्जु श्रेष्ठ, खलकका सल्लाहकार प्रविण प्रधान, नेप्लीज फेसन होमका अध्यक्ष हेमा मानन्धर, रिमा सेवा समाजका अध्यक्ष रिमा सापकोटा लगाएतका वक्ताहरुे शुभकामना मन्तव्य दिनु भएको थियो ।

खलकको उद्देश्य पुरा गर्न सहयोग पू¥याउने उद्देश्यले द्वाल्खा म्यासमुचा खलकका पुर्व अध्यक्ष ज्योती श्रेष्ठ सैजुले रु २ लाख अक्षकोषको लागि सहयोग गरिनुका साथै कार्यालयको लागि बसुन्धरा स्थित आफ्नो घरको जमिन तल्लाको कोठा उपलब्ध गराएको जानकारी निजका दाजु बरिष्ठ कलाकार मदनदास श्रेष्ठले बताउनु भयो ।
उपस्थित सम्पूर्ण महानुभावहरुको लागि चिसो, तातोपानी, चिया र खाजाको समेत व्यवस्था गरिएको थियो ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!