Search

नेत्रविक्रम चन्द समूहकाे राजनीति किन र केका लागि? पावर र पैसाका निम्ति नहाेस्; पुर्व लडाकु

नेत्रविक्रम चन्द समूहकाे राजनीति किन र केका लागि? पावर र पैसाका निम्ति नहाेस्; पुर्व लडाकु

बाँपीझ्याला, काठमाण्डौं । नेत्रविक्रम चन्द खुल्ला राजनीतिमा आउने समाचारले नेपाली राजनीतिमा हरियाे झन्डा देखाउने हाेडमा छन् । नेत्रविक्रम चन्द समूह र सरकारबीच भएको तीनबुँदे सहमतिपछि नागरीक खुसी भएका छन् । १० वर्षे द्वन्द्वका क्रममा १७ हजारले ज्यान गुमाएका थिए । पुनः चन्द समूहले हिंसात्मक गतिविधि सञ्चालन गर्न थालेपछि पुरै नेपाली त्रसित बनेका थिए ।

२०७४ को स्थानीय चुनावमा चन्द समूह र प्रहरीबीच झडप हुँदा राप्रपाबाट वडाध्यक्षका उम्मेदवार गोर्ख बटालाले ज्यान गुमाएका थिए । उनकी पत्नी मनसराले देशमा दिगो शान्ति आउनुपर्ने बताइन् ।


गत फागुन ३ मा चन्द समूहको जनपरिषद्ले कालीकोटका सबै स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्यलाई छुट्टाछुट्टै पत्र बुझाएर राजीनामा मागेको थियो । अब त्यस्ता त्रासबाट छुटकारा पाइने खाँडाचक्र नगरपालिकाकी उपमेयर विजया विष्टले बताइन् ।

सरकारको अवस्था जे–जस्तो भए पनि विद्रोह गरेर राज्यविरुद्ध गतिविधिमा संलग्न समूहलाई शान्तिको बाटोमा ल्याउनु सकारात्मक भएको उनको भनाइ छ ।

सशस्त्र द्वन्द्वमा माओवादीको आधार इलाकाका रूपमा चिनिएको कालीकोटमा पुनः चन्द समूहले संगठन विस्तारलाई तीव्रता दिएको थियो । ‘जनक्रान्ति’ मा होमिए पनि अहिलेकै व्यवस्थामा जनताका समस्या समाधान हुने वातावरण बनेको चन्द समूहका जिल्ला इन्चार्ज मनिलाल ऐडीले बताए । ‘जनतालाई संगठित गर्दै अनियमितताविरुद्ध खबरदारी गर्ने अभियान भने जारी नै छ,।’खुल्ला बन्द र फेरि खुल्लाको यो चक्रको अन्तरकथाभित्र थुप्रै प्रश्न चाङ लागेका छन् ।

नेपालको सामान्य नागरिक नेत्रविक्रम खुल्ला, भूमिगत फेरि खुल्लाको चक्रव्यूह किन फसिरहेका छन् ?
उनी भूमिगत हुँदा देशले के गुमायो, खुल्ला भएपछि के पाउँछ ?
यसको हिसाव किताव हुन जरुरी छ । अरु पेशामा लाग्नका लागि न्यूनतम योग्यता निर्धारण गरिएका हुन्छन् । तर नीतिहरुको राजा हाँक्ने राजनीतिज्ञको योग्यता जेल र गुण्डागर्दीमा नापिन्छ । राजनीति सेवा हो । यसको कार्यालय कहिल्यै बन्द हुँदैन् । राजनीतिका चालकको शब्दकोषमा विश्राम लेखिएको हुँदैन । उनीहरुको कमाई र सञ्चयकोष भनेका जनता हुन् ।

जसरी पुलिसमा मान्छे थुन्दा पनि कमाउ धन्दा, थुनुवा निकाल्दा पनि कमाउ धन्दाको राजनीति चल्छ, राजनीतिमा पनि भूमिगत होस या सार्वजनिक जता पनि कमाईका बाटा खुल्छन् । राजनीति नीतिहरुको राजा नभएर राजा बनाउने नीतिमा अनुवाद हुँदै गएको छ ।

नेपालका जुनसुकै कम्युनिष्टहरुको राजनीति भूमिगतबाट आरम्भ भएको छ । दरबारले बनाएका कम्युनिष्ट छोडेर बाँकी सबै कम्युनिष्ट गाउँको सिधोपीठोमा हुर्किएका हुन् । गरिबको गीत गाउँदासम्म उनीहरुलाई जनताले माया दिएकै हुन् ।

आफ्नो मजेत्रो ओढाएर पुलिसको नजरबाट बचाएकै हुन् । भाग काटेर ख्वाएकै हुन् । माले, माक्र्सवादी, मसाल, जनमोर्चा जुनसुकै नाममा स्थापित कम्युनिष्टको भावभूमि गाउँ नै हो । जब गरिबको गीत गाएर उनीहरु आफैं धनी बन्ने यात्रामा लाग्छन, त्यसपछि गाउँसंगको सम्बन्ध चंगा चेट हुनपुग्छ ।

प्रचण्डलाई नेता बनाउन हिजो नेत्रविक्रमले समय खर्चिए । प्रचण्ड हिँडेको बाटो साँघुरो लागेपछि आफैं भूमिगत भए । प्रचण्डलाई जस्तै राज्यबाट निम्तो पाएपछि वार्ताका लागि तयार भए । राज्यमा अवसरका बाटाहरु खुलेपछि सार्वजनिक हुने निधोमा पुगे ।

विप्लव खुल्ला राजनीतिमा आएपछि नेपाली जनताले के पाउँछन् ?
स्वाभाविक त्रासको एउटा अध्याय समाप्त हुन्छ । उनका कार्यकर्ताले रोजगारी पाउँछन् । राजनीतिमा हिङदेखि हर्दीसम्मको व्यापार फस्टाउँछ । सप्तरीको बरमझियामा बुढाको पेडा पसल ठम्याउन हम्मे भएझैं राजनीतिक व्यापारमा अर्को सटर खुल्छ ।

भूमिगत हुँदा त्यो पार्टीका नेता कार्यकर्ताले गरेका कुकर्मको हिसावकिताव हुँदैन् । बरु उनीहरुको २०६ वटा हड्डी हँसाउन प्रयत्न हुन्छन् । उनीहरुका घुर्की क्षम्य हुन्छन् । दिनुको विकल्प दिनुको प्रतिरक्षाको अवस्थामा सरकार बस्छ । सरकारभन्दा व्यक्ति शक्तिशाली हुने होड स्वाभाविक रुपमा बढ्छ । त्यो पार्टीका एकाध दर्जन बाहेक अरु खाडीका लागि योग्य बन्छन् । यो खेल राजनीतिकै अविश्राम ‘म्युजिकल चियर’ बन्ने खतरा बढ्छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!