Search

एथलेटिको बिल्वाओ कोपा डेल रेको फाइनलमा

एथलेटिको बिल्वाओ कोपा डेल रेको फाइनलमा

२१ फाल्गुुन, बाँपीझ्याला, एजेन्सी । एथलेटिको बिल्वाओ कोपा डेल रेको फाइनलमा प्रवेश गरेको छ । लेभान्टेमाथि दोस्रो लेगमा २–१ को तथा समग्रमा ३–२ को जित निकाल्दै बिल्वाओले फाइनलमा स्थान बनाएको हो । पहिलो लेगमा १–१ गोलको बराबरी भएको थियो । दोस्रो लेगमा बिल्वओले अतिरिक्त समयमा जित निकालेको हो ।

बिल्वाओको जितमा राहुल गार्सिया र एलेक्स बेरेनगुएरले गोल गरे । लेभान्टेका रोजरको गोल सान्त्वना बन्यो ।

भ्यालेन्सियामा बिहीबार राति भएको खेलमा लेभान्टेले १७औं मिनेटमा रोजरको गोलबाट अग्रता लिएको थियो । उनले रुवेन रोचिन्हाको पासमा गोल गरेका थिए ।

३०औं मिनेटमा राहुल गार्सियाले पेनाल्टीमार्फत गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । इनाकी विलियम्सलाई पेनाल्टी बक्समा ओस्कार डुआर्टेले लडाएपछि रेफ्रीले भिएआरको सहायता लिदै बिल्वाओलाई पेनाल्टी दिएको थियो । जसमा गार्सिया चुकेनन् ।

त्यसपछि निर्धारित समयमा थप गोल निस्कन नसकेपछि खेल अतिरिक्त समयमा लम्बिएको थियो । ११२औं मिनेटमा एलेक्स बेरेनगुएरले गोल गर्दै बिल्वाओलाई २–१ को जित दिलाए ।

अब बिल्वाओले उपाधिका लागि बार्सिलोनाको सामना गर्नेछ । बार्सिलोनाले बुधबार राति सेभियालाई ३–२ ले हराउदै फाइनलमा स्थान बनाएको थियो । फाइनल १७ अप्रिलमा हुनेछ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment