Search

बहराइनको राजपरिवारसहितको टोलीले सगरमाथा आरोहण गर्दै

बहराइनको राजपरिवारसहितको टोलीले सगरमाथा आरोहण गर्दै

बाँपीझ्याला, काठमाडौं । बहराइनको राजपरिवारसहितको टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्ने भएको छ । सगरमाथा आरोहणका लागि सो टोली चैत २ गते नेपाल आउने भएको हो । सो टोलीका केही सदस्यहरुले बहराइनस्थित नेपाली राजदूत पदम सुन्दासलाई सगरमाथा आरोहणका बारेमा जानकारी गराएका छन् ।

सगरमाथा आरोहण दलमा बहराइन रोयल गार्डमा कार्यरत १३ जना बहराइनी र ३ जना बेलायतका नागरिकसहित १६ जना रहेको बहराइनस्थित नेपाली दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ । सो टोली नेपालमा ७९ दिनसम्म बस्ने विज्ञप्तिमा भनिएको छ । सो टोलीले सन् २०२० मा नेपालका लोबुचे पिक र मनास्लु हिमालको पनि आरोहण गरेको थियो ।

दोलखाको चाडपर्ब तथा जात्राहरु

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!