बाँपीझ्याला, काठमाण्डौं । फिल्म ‘आँधी तुफान–२’ निर्माण घोषणा भएको छ । बिहिबार काठमाडौ मल स्थित डाड्युपन्यु रेष्टुरेन्ट आयोजित एक कार्यक्रमका बीच फिल्म निर्माण घोषणा गरिएको हो । दशक अगाडि निर्माण भएको फिल्म ‘आधी तुफान’को सिक्वेलको रुपमा फिल्म निर्माण हुन लागेको हो । फिल्मका निर्माता मौनता श्रेष्ठ हुन् । मौनता नेपाली फिल्मका सफल स्क्रिप्त राइटर हुन् । उनले एकसय बढी फिल्म लेखेका छन् ।
मदन घिमिरेको निर्देशक रहने फिल्ममा आरती आचार्य, याङ्सु श्रेष्ठ, मुकुन्द थापा, ध्रुर्व कोईराल, कनिज कोइराला, संजय खतिवडा, पुस्कर राउत, सिवन लामा, राजाराम गौतम, गोकुल सुवेदी, पुनम गौतम, सान, अधिकारी, सोनी बिसी, जोया बुढाथोकी, रुपा केसी, सरोज दाहाल, बिन्दीया ठकुरी, रमेश तामाङ र बालकलाकार अरुण कालीराजलगायतको अभिनय रहनेछ ।
कार्यक्रममा चलचित्र निर्माता संघका महासचिव रोज राणा, वितरक निर्माता गोपाल कायस्थ, निर्माता तथा चलचित्र वितरक सुशिल पोखरेललगायतले फिल्म निर्माण सफलताका लागि शुभकामना दिए ।
थ्रिलर र सस्पेन्स बिषयमा भरपूर नारी एक्सन समेटिएर फिल्म निर्माण हुन लागेको निर्देशक मदन घिमिरेले बताए ।
अगामी चैत्रको पहिलो साताबाट छायाँकनमा निस्कने फिल्ममा रामशरण उप्रेतीको छायाँकन, प्रेम चुल्ठेको एक्सन, सुरेश अधिकारीको संगीत, हरि उप्रेती र दिनेश सुवेदीका गीत, रानी शाक्यको स्वर, कमल राईको नृत्य रहनेछ । फिल्मका निर्माण नियन्त्रक नारायण चालिसे रहेका छन् ।