Search

नेकपाको नाम विवादमा सर्वोच्चबाट आउने फैसला मिति पछि सर्‍यो

नेकपाको नाम विवादमा सर्वोच्चबाट आउने फैसला मिति पछि सर्‍यो

बाँपीझ्याला, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नामलाई लिएर उत्पन्न विवादमा सर्वोच्च अदालतले सुनाउने फैसलाको मिति पछि सरेको छ । पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनको शोकमा बिहीबार सर्वोच्च अदालतसहित देशभरका उच्च अदालत, जिल्ला अदालत र विशेष अदालतमा बिदा दिइएको छ । पूर्वप्रधानन्यायाधीश सिंहको मंगलबार बेलुका निधन भएको हो ।

सर्वोच्च अदालतले नेकपाको नाममाा रहेको विवादमा निर्णय सुनाउनका लागि गएको बिहीबार फागुन २० गते अर्थात आजका लागि मिति तय गरेको थियो । तर बिदा परेका कारण पछि धकेलिएको हो ।

तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबिच एकता भएपछि हालको सत्तारुढ दल निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नाममा दर्ता भएको हो ।

तर निर्वाचन आयोगमा त्यसअघि नै ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी दर्ता भएको थियो ।

कट्टेलले आफ्नो पार्टीको नामसँग मिल्दोजुल्दो नाम राखेकाे भन्दै निर्वाचन आयोगलाई विपक्षी बनाएर २०७५ मंसिर ५ गते सर्वोच्चमा रिट निवेदन दर्ता गरे थिए ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment