Search

न्युजिल्यान्डविरुद्धको टीट्वेन्टी क्रिकेट शृंखलामा अस्ट्रेलियाको शानदार सुरुवात, पहिलो खेलमा ६४ रनले विजयी

न्युजिल्यान्डविरुद्धको टीट्वेन्टी क्रिकेट शृंखलामा अस्ट्रेलियाको शानदार सुरुवात, पहिलो खेलमा ६४ रनले विजयी

बाँपीझ्याला, एजेन्सी । अस्ट्रेलियाले न्युजिल्यान्डविरुद्धको पाँच खेलको टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा शानदार सुरुवात गरेको छ। बुधबार भएको पहिलो खेलमा अस्ट्रेलिया ६४ रनले विजयी भयो। पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले ग्लेन म्याक्सवेल र एरोन फिन्चको अर्धसतकीय पालीमा २ सय ९ रनको लक्ष्य दिएको थियो। म्याक्सवेलले ७० र फिन्चले ६९ रन बनाए। जोस फिलिपले पनि ४३ रन जोडे।

न्युजिल्यान्डले १७.१ ओभरमा सबै विकेट गुमाएर एक सय ४४ रनमात्र जोड्न सक्यो। न्युजिल्यान्डका मार्टिन गुप्टिलले ४३ र डेभन कनवेले ३८ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन्। अस्ट्रेलियाका बलर एस्टन अगर एक्लैले ६ विकेट लिए। यी २७ वर्षीय स्पीनरले चार ओभरमा ३० रन मात्र खर्चिएका थिए।

रिली मेरेडिथले चार ओभरमा २४ रन खर्चिएर दुई विकेट हात पारे। शीर्ष तीन ब्याट्सम्यानलाई मेरेडिथ र एडम जाम्पाले आउट गरेपछि बाँकी मध्यक्रम र पछिल्लो क्रमलाई अगरले पेवेलियन फर्काएका थिए। अगर प्लेयर अफ दी म्याच घोषित भए। त्यसअघि अस्ट्रेलियाका म्याक्सवेल, फिन्च र फिलिपले आक्रमक ब्याटिङ गरेका थिए।

म्याक्सवेलले ३१ बलमा पाँच छक्का र ८ चौका हिर्काए। फिन्चले ४४ बलमा दुई छक्का र ८ चौका प्रहार गरेका थिए। फिलिपले पनि २७ बलमा एक छक्का र तीन चौका प्रहार गरेका थिए। अस्ट्रेलियाले दोस्रो विकेटका लागि ८३ र चौथो विकेटका लागि ६४ रनको साझेदारी गरेको थियो।

दोलखाको चाडपर्ब तथा जात्राहरु

Written by 

Related posts

Leave a Comment