बाँपीझ्याला, काठमाण्डौं । गायक सत्यराज आचार्यको नविनतम गीत सार्वजनिक भएको छ । ुम बाँच्नुकोु बोलको गीत शुक्रवार युट्युब मार्फत रिलिज गरिएको छ । गीतमा आचार्यसँगै वसन्त प्रकृतिको स्वर रहेको छ। गीतमा शब्द तथा संगीत दुर्गाप्रसाद आचार्यको रहेको छ । भिडियोसहित सार्वजनिक गीतमा रङ्गकर्मी मिलन कार्की र रक्षा थापा फिचर्ड छन् ।
भिडियोलाई रङ्गमञ्चमा सक्रिय अंकीत बासु र आयान खड्काले संयुक्त निर्देशन गरेका हुन् । अन्य कलाकारहरू आल्मा खतिवडा, सुचित्रा उप्रेती, क्रिजन महतको पनि अभिनय देख्न सकिन्छ । भिडियोलाई आदित्य बस्नेत र सौगात मानसिंह बस्नेतले खिचेका हुन् ।