Search

धार्मीक र पर्यटकिय क्षेत्र भन्ने वितिकै दोलखा जिल्लाको मात्र प्रतिधित्व गर्छ भन्ने छैन । यसले सिङ्गो राज्यको प्रतिधित्व गर्नुका साथै राष्ट्रको पहिचान दिन्छ ।

धार्मीक र पर्यटकिय क्षेत्र भन्ने वितिकै दोलखा जिल्लाको मात्र प्रतिधित्व गर्छ भन्ने छैन । यसले सिङ्गो राज्यको प्रतिधित्व गर्नुका साथै राष्ट्रको पहिचान दिन्छ ।

दोलखा जिल्ला भीमेश्वर नगरपालीका वडा नंं ५, माटीमा बुबा मानबहादुर बस्नेत र आमा चन्द्रकुमारी बस्नेतको कोखबाट २०२७ साल चैत्र २१ मा जन्मनु भएको सुपुत्री कमला बस्नेत हुनु हुन्छ । २०६३ सालमा दोलखा जिल्ला मेलुङ गाउँपालीकामा नवराज खड्का संग बिवाह बन्धनमा बाँधिनुु भएका बस्नेतको राजनितीक यात्रा २०४६ बाट विद्यार्थी जिवनदेखि शुरु गर्नु भएको हो ।
जुन बेला महेन्द्रदय माध्यमिक विद्यालय माटीमा आधारभुत तहको शिक्षा अध्ययनगर्दै अनेरास्ववियुमा आवद्ध हुनु हुन्थ्यौ । त्यसपछी माध्यमिक तहको शिक्षा कालिञ्चोक माध्यमिक विद्यालय चरिकोटमा हासिल गर्नु भएको हो ।
यसै गरी यतीवेला देखिनै पार्टीको बिभिन्न कमिटीमा आवद्ध हुनु हुन्थ्यौ । कलेजमा पढ्दापनी अनेरास्ववियुलाई सहयोग गर्दै आउनु भएका बस्नेतले काठमाण्डौंको पद्मकन्या कलेजबाट विएड पास गर्नु भएको छ । यसै गरी तत्कालिन एमाले र हालको नेकपाको दोलखा जिल्लाको वडा कमिटी देखि क्षेत्रीय कमिटी हुर्दै जिल्ला कमिटीसम्मको सदस्यमा रही आफुलाई पार्टीले तोकेको जिम्मेवारी बहन गर्दै आउनु भएका बस्नेत स्थानिय निर्वाचनको चुनावमा भाग लिनु भन्दा पहिले अखिल नेपाल महिला संघ दोलखा जिल्लाको सम्मेलन आयोजक समितीको संयोजक भएर काम गर्दै हुनु हुन्थ्यौ ।
स्थानिय चुनावमा पार्टीले दोलखा जिल्ला भीमेश्वर नगरपालीकाको उपमेयरको पदको लागि टिकट दिएपछी स्थानिय निकायको २०७४ चुनावबाट निर्वाचित भएर वहाँ हाल भीमेश्वर नगरपालीकाको उपमेयर पदमा हुनु हुन्छ । यसै सन्दर्भमा दोलखा जिल्लाको ऐतिहासिक, साँस्कृतीक धरोहरको गहनाको रुपमा रहेको भीमेश्वर नगरपालीकाको विकास निर्माणदेखि अन्य कार्यहरुको बारेमा वहाँहरुले गर्नु भएको कार्य र जनतालाई पू¥याउनु भएको सेवा सुविधाको वारेमा बाँपीझ्याला अनलाईन पत्रिका र उपमेयर कमला बस्नेतज्यू संग भएको कुराकानीको संक्षिप्त मुल अंश यहाँ प्रस्तुत गरेका छौं ।

भीमेश्वर नगरपालीकाको उपमेयर हुनु हुन्छ । उपमेयर हुनु भन्दा पहिले र पछीको जिवनमा के कस्तो फरक पाउनु भएको छ, यस बारे नगरवासीलाई केही बताई दिनु हुन्छ की ?
प्रश्नको लागि यहाँलाई धन्यवाद । उपमेयर हुनु भन्दा पहिला म सामाजिक कार्यमै व्यस्त थिए । जुन वेला म झण्डै दुई साढे दुई दशकसम्म सामूदायिक वन उपभोक्ता महासंघ दोलखा र बिभिन्न नागरिक समाजका फोरमहरुमा बसेर काम गरेर आएको थिए । त्यसैले उपमेयर नहुदाँ र अहिलेको अवस्थामा केहि फरक पाएको छुईन । पहिले पनी सरोकारवाला व्यक्तिहरुसंग समय गएको नै थियो भने अहिले पनी त्यही समयलाई व्यवस्थापन गरेको कारणले गर्दा त्यस्तो केही फरक परेको महशुष गरको छैन ।

उपमेयर कमला बस्नेत आफ्नो कार्य कक्षमा

त्यसै गरी पहिले सामाजिक क्षेत्रमा कार्यरत हुँदा एउटा मात्र समस्याको बारेमा सोच विचार गरेर काम गर्नु पथ्यौ तर अहिले जव म उपमेयर भए, त्यसपछी बिभिन्न समस्याको बारेमा अध्ययन गरी सोच विचारका साथ भीमेश्वर नगरवासीहरु संग काम गरिरहेको छु । यसरी नै स्थानिय निकायको तर्फबाट बिभिन्न क्षेत्रलाई कार्यक्रम मार्फत सम्वोधन गरीे जनप्रतिनिधीको जिम्मेवारी निर्वाह गर्नु पर्ने जिम्मेवारी आफ्नो काँधमा जिम्मेवारी रहेको कारणले पहिले उपमेयर हुनु भन्दाको समय भन्दा अहिलेको समयमा अलि व्यस्त महशुष गरेको छु ।

यसै गरी अहिले मेरो धेरै जिम्मेवारीहरु छन् । करिव करिव एक दर्जन भन्दा बढी समितीहरुको व्यवस्थापन मेरो जिम्मेवारीमा छ । त्यसैले सवैभन्दा बढी समयनै समिती र अनुगमनलाई दिनु पर्छ । यसै गरी नगरकार्यपालिकाको कामको जिम्मेवारी त छर्दैछ त्यसै गरी कार्यालय भन्दा बाहिरको कार्यक्रमहरुमा पनी उपस्थित हुनु पर्छ । कार्यालय भित्रको निर्णायक भूमीकाको कार्यमा पनी त्यतीकै समय दिनु पर्छ ।
त्यसै गरी पहिले नागरिक समाजको हैसिएतले निर्णायक भूमीकामा थिए भने अहिले जनप्रतिनिधीको हैसिएतले निर्णायक भूमीकामा नै छु । त्यसैले मेरो भाग्यले साथ दिएर होला भीमेश्वर नगरवासीले मलाई नगरवासीको सेवा गर्ने मौका प्रदान गरेको छ । यसको लागि नगरवासीप्रति आभार प्रकट गर्दै म आफु पनी सन्तुष्ट नै छु ।

उपमेयर कमला बस्नेत माधवनारायण संगीतमय भजन समापन पश्चात भीमेश्वर मन्दिर परिसरमा दोलखावासीको साथमा

भीमेश्वर नगरपालीकाको उपमेयर भएको करिव ४ बर्ष भयो । यस अवधीमा आफुले कस्तो अनुभव गर्नु भयो र यही अवधीमा नगरवासीलाई मन पर्ने योजना छनौट गर्न कतिको सफल हुनु भयो ?
करिव करिव ४ बर्षको अवधीमा हामीले धेरै काम गरेका छौं । बिभिन्न क्षेत्रगत रुपमा काम गरेका छौ । जस्तै भौतिक पूर्वाधार, स्वास्थ्य शिक्षा, कृषि पशु, खानेपानी लगाएत सिंचाईमा काम गरेका छौं । यसरी हामीले जनताको आधारभूत आवश्यकतासंग जोडिएको धेरै भन्दा धेरै काम गरेका छौं । यसरी धेरै काम गर्दा गर्दै पनी नागरिकहरुले महशुष गर्ने काम भनेको वहाँहरुलाई प्रभाव पार्ने काम ग¥यौ भने मात्र देख्नु हुन्छ । तर कतिपय योजनाहरु बहुबर्षिय हुन्छ, त्यस्ता बहुबर्षिय योजनाहरु चाही नगरपालीकालाई दिगो रुपमा व्यवस्थापन गर्नको लागि मद्धत गर्दछ तसर्थ यस्ता बहुबर्षिय योजनाहरु पनी हामीले गर्दै आएका छौ । यो स्थानिय सरकारको जिम्मेवारी र दायित्व भित्र पर्दछ यदपी यसरी काम गर्दा गर्दैपनी त्यतातिर नगरवासीले त्यती चासो दिएको पाईन्दैन । तरपनी स्थानिय सरकार जनताको नजीक छ स्थानिय सरकार जनतालाई चाहिन्छ भनी जनताले पनी महशुष गर्न चाही थालेका छन् ।

भर्खरै मात्र कोविड १९ को संक्रमणबाट विश्व नै आक्रान्त भईरहेको बेलामा हामीले नगरवासीहरुलाई स्यानिटाईजर, सावुनहरु वितरण ग¥यौ । यसको अलावा कोविड सम्वन्धी जनसचेतना दिलाउन सफल भयौ । यो नगरवासीको तर्फबाट मुल्याङ्कन गर्ने हो भने यस कार्यले नगरवासीलाई अत्यन्तै फलदायी र उपलब्धीमुलक भएको पायौ ।
यसै गरी विकास निर्माणका क्रियाकलाहरुको बारेमा नागरिकहरुले हामीलाई राम्रो सल्लाह र सुझाव दिनु भएको छ । यतीबेला हामी संग सातवटा स्टाटिजिक सडकहरु छन् । सातवटा सडकहरु निर्माधिन अवस्थामा रहेको छ । जुन अनाथलय महांकाल सडक, अनाथलय गाईघाट सडक, दोलखा नागदह सडक, जिलु भटमासे सडक, मकैबारी देउराली देखि पानीघाट सडक र घेवापानी सेरावेसी सडक लगाएतका सडकहरु पर्दछ ।
यती सडकमध्ये कम्तीमा पनी दुईवटा धार्मीक आस्था र मान्छेको चाप धेरै भएका सडकहरु सम्पन्न गर्न नगरवासीहरुको तर्फबाट सुझाव आएको छ । यसैगरी कर्भडहल निर्माण भईरहेको छ, प्याराफिट सहितको टुँडिखेल निर्माण भएको छ, साईन्स पार्क बनाउनको लागि डिपिआर बनी सकेको छ, मयुर पार्क बनाउनको लागि डिपिआर बनाएका छौं, यसै गरी हिमाली रिसोर्समा आधारीत अध्ययनको लागि एउटा कलेज निर्माण भईरहेको छ । यसै गरी खुल्ला चिडियाखाना निर्माण गर्न गईरहेका छौ, हामी संग थामी संग्रालय छ, यसै गरी राम्रो र ठुलो बुद्धको मुर्ति राखेर बुद्ध पार्क बनाउन गईरहेका छौ । बिभिन्न हाईकिङ रुटहरु छन् । यसै गरी दोलखा भीमेश्वर, कालिञ्चोक भगवती लगाएत थुपै्र पर्यटकिय एवं धार्मीक स्थलहरु छन् । यस्ता थुप्रै ठाउँहरुमा बहुबर्षिय रुपमा योजनाबद्ध रुपमा कामहरु गरिरहेका छौं । यसै गरी कृषि सडकहरुमा धेरै काम गरेका छौ, एक घर एक धाराको नाराका साथ नागरिकहरुको खानेपानीको व्यवस्थाको लागिरहेका छों ।


भीमेश्वर नगरवासीहरुको लागि गरिएको नमुना कार्यहरु मध्ये औलामा गन्न सकिने योजना कुन पर्दछ ? यसबारेमा केही बताई दिनु हुन्छ की ?यस्ता हामी संग धेरै कामहरु छन् जसले गर्दा म, मेयरज्यु लगाएतले गर्व गर्ने ठाँउ छ । जस्तै दोलखामा दुईवटा पार्कहरु छन् जुन चम्पूजा हरियाली पार्क र मञ्जुश्री पार्क यी पार्कहरुलाई हामी व्यवस्थान गर्दै लगिरहेका छौं । अझ भन्ने हो भने त मञ्जुश्री पार्कमा त हाईकिङ रुट जाने पुलपनी निर्माण गरिसकेका छौं । जति हुनु पर्ने हो त्यती त बनाउन सकिएको छैननी तर पनी बर्षेपिच्छे योजना अनुरुप कामहरु भईरहेको छ । यसै गरी चम्पूजा पार्कलाई पनी निकट भविष्यमै राम्रो व्यवस्थापन गरेर जादैछौं । यस पार्कमा धेरै भन्दा धेरै काम सिद्धिसकेको छ । यसै गरी सिमपानी पार्क, सुस्पामा स्टोन पार्क, विन्दावन पार्क पनी पर्दछ । जसको व्यवस्थापन गदैछौ । यहाँ धेरै ठु–ठुलो खेल मैदानहरु रहेका छन् ।

उपमेयर कमला बस्नेत आफ्नो कार्य कक्षमा सेवाग्राहीको साथमा

चम्पूजा पार्क अहिले त्यतिकै रहेको छ । यस पार्कमा स्थानिय निकायले करोडौ लगानी गरेर बनाएर आएको छ । तर अहिले स्थानिय निकाय र स्थानिय वासिन्दा दुवै पक्षले वास्ता गरेको देखिन्दैन किन होला ?
खास यस विषयमा अपाङ्ग सेवा संघ एउटा संस्था थियो । जस्को अध्यक्ष रमेजी अध्यक्ष हुनु हुन्थ्यौ र वहाँहरुको एउटा कार्यक्रम थियो सोही कार्यक्रम अनुसार ट्वाईलेट निर्माण गर्ने कुरा गर्नु भयो । जुन कुरा वहाँहरुको कार्यक्रम भित्र पर्ने रहेछ । यसै गरी उक्त कार्यक्रम भित्र सार्वजनिक ट्वाईलेट बनाउन बजेटपनी रहेछ अनी वहाँहरुले कहाँ बनाउने भनेर भने पछी आखिरमा जस्ले बनाएपनी बनाउनै पर्छ तसर्थ संस्थाले बनाएपनी राज्यलाई सहयोग नै हुने हो भन्ने सम्झेर हामीले बनाएपनी बनाउनै पर्ने भएकोले हामीले त्यहाँ बनाउन वहाँहरुलाई अनुमती दियौं ।

तर त्यहाँ बनाउदा खेरी जुन व्यवस्थापनले बनाउनु पर्ने थियो त्यो चाही नभएकै हो त्यो कमजोरी हामीले पनी महशुष गरेका छौं । यसरी ट्वाईलेट बनाउँदा स्थानिय दोलखावासीले बनाउन चाख लिनु भएको थियो । तर जुन ट्वाईलेट बनाउने काम वहाँहरुको कार्यक्रम भित्र पर्ने भएकोले अरुले बनाउन मिल्दैनथ्यौ । स्थानीय निकायले पैसा दिएर संस्थालाई बनाउनुस भनेको चाही होईन । यहाँनिर दोलखाको साथीहरुको थोरै चित्त दुःखाई छ जस्तो लाग्छ तर यसमा चित्त दुःखाउनु पर्छ जस्तो लाग्दैन जुन कार्यक्रम वहाँहरुकै कार्यक्रम हो । यसै गरी चम्पूजा पार्कमा त्यत्रो ठुलो लगानी भएको छ । यसबारेमा व्यवस्थापन गरौ भन्दा दोलखाको साथीहरुलाई हामीले टेण्डर निकाल्नु पर्ने आवश्यकता नै छैन र थिएन पनी तर हामीले तपाईहरु मध्ये मिलेर आउनुस कस्ले व्यवस्थापन गर्न सक्नु हुन्छ गर्नुस भन्दा कोही पनी आउनु भएन र अर्को कुरा नगरपालीकाले यत्रो लगानी गरेको कारणले गर्दा थोरै पैसा भएपनी उठाउनु पर्छ । मेहनत गर्नु पर्छ यस भित्र क्यान्टीन चल्छ, मान्छेको फ्लो दिन प्रतिदिन बढी रहेको छ । टिकट प्रणाली शुरु गरौं भनेर मुल गेटपनी बनाई दियौं । यसरी बिभिन्न कुराहरुमा व्यवस्थापन गरौं भन्दा धेरैले चासो लिनु भएको छैन । यसपछी हामीले बार्षिक एकलाख त उठ्छ होला भनेर टेण्डर निकाल्यौ । चम्पूजा पार्कमा बार्षिक एकलाख भनेको कुनै ठुलो कुरा होईन जस्तो लाग्छ । यसै गरी यस भित्र बिभिन्न कार्यक्रमहरु पनी गर्न सक्छौं । यसरी टेण्डर निकाल्दा पनी कसैले टेण्डर हाल्नु भएन, भित्रको मान्छेले टेण्डर नहाल्ने बाहिरको मान्छेलाई काम गर्ने बातावरण नभएकोले टेण्डर हाल्न नसक्ने र काम गर्न पनी गाहे छ ।

खासै भन्ने हो भने स्थानिय सरकार अर्थात राज्यले पैसा लगानी गरेको छ तर त्यहाँका स्थानिय वासिन्दाहरुले चासो नदिएको कारणले व्यवस्थापन राम्रो नभएको हो भन्ने हाम्रो बुझाई रहेको छ । अझै पनी केही बिग्रेको छैननी स्थानियहरु मिलेर व्यवस्थापन गरेको खण्डमा नगरपालीले सहयोग गर्न अझै पनी तयार रहेको यस अनलाईन पत्रीका मार्फत दोलखावासीहरुलाई जानकारीका साथ अनुरोध पनी गर्दछु ।

उपमेयर कमला बस्नेत स्वस्थानी ब्रतकथाको समापनको अवसरमा दोलखावासीको साथमा

भीमेश्वर नगरपालीका भित्र जनजातीको आधारमा ४ वटा जातीहरु नेवार, तामाङ, थामी र गुरुङ रहेको पाउँछौं । जुन जातीको भाषा, संस्कृती र परम्परा नेपालको पहिचान हो यसको जर्गेना गरी निरन्तरता दिन भीमेश्वर नगरपालीकाले केही त्यस्तो कार्य योजना बनाएको छ ?
अहीलेसम्म त्यस्तो केही कार्य योजना बनाएको छैननी तर आगामी बजेट विनियोजनमा यी कुराहरुलाई समेटरेर अगाडी बढ्ने छौं । तर अहिलेको बार्षिक बजेट विनियोजन भनेको जनसंख्या र भुगोलको आधारमा छुट्याउने गरेका छौं । ढीलै भएपनी राम्रो कुरा उठाउनु भएको छ यस बारेमा हामीले पहल गर्ने पर्छ । त्यही अनुसार मेयरज्यू संग सल्लाह गरेर लाग्ने प्रतिवद्धता पनी जाहेर गर्छु ।

दोलखा जिल्लाको धार्मीक र पर्यटकिय क्षेत्र भन्ने वितिकै भीमेश्वर नगरभित्रको दोलखा भीमेश्वर, त्रिपुरासुन्दरी मन्दिर लगाएत बिभिन्न मठ–मन्दिर र सम्पदाहरु पर्दछ । यसको संरक्षणको लागि केही सोच्नु भएको छ ?
धार्मीक र पर्यटकिय क्षेत्र भन्ने वितिकै दोलखा जिल्लाको मात्र प्रतिधित्व गर्छ भन्ने छैन । यसले सिङ्को नेपाल राज्यको प्रतिधित्व गर्नुका साथै नेपालको पहिचान दिएको हुन्छ । यसै गरी दोलखा भित्र रहेका धार्मीक र पर्यटकिय क्षेत्रलाई निरन्तरता र संरक्षणको लागि भीमेश्वर नगरपालीकाले वडा मार्फत एकमुष्ट बजेट विनियोजन गर्ने गरिएको छ । त्यसपछी वडाध्यक्षको सक्रियतामा साविक अनुसारको टोल टोलमा बजेट विनियोजन गर्नु हुन्छ ।
त्यसै गरी नगरस्तर र प्रदेशस्तरको योजनालाई चाही विशेषतः ऐतिहाशिक शहरको धार्मीक, पर्यटकिय क्षेत्रलाई प्रबद्र्धन गर्नका लागि हामीले बिभिन्न शिर्षकहरुमा बजेट व्यवस्थापन गरेका छौं । जस्तै जात्रापर्व भनेर बजेट विनियोजन गरेका छौं । त्यो सवैभन्दा बढी दोलखामा नै बढी खर्च हुन्छ भने अरु वडाहरुमा जात्रापर्वको बजेट कमै जान्छ ।

ऐतिहासिक शहर दोलखामा बैशाख महिनामा मनाईने मच्छिन्द्रनाथको रथजात्रादेखिी लिएर चैत्र महिनासम्म मनाईने चैत दशै रामनवमी जात्रा पर्व लगाएत बिभिन्न जात्रा पर्व मनाउने गरिन्छ । यसरी मनाउने गरिएको जात्रापर्वहरु अहिले आर्थिक समस्याका कारण राम्रो संचालन हुन सक्ने अवस्थामा छैन । यसको बारेमा संचालनको लागि स्थानिय सरकारको हैसियतले भीमेश्वर नगरपालीकाले के सोचेको छ ?

यस बारेमा स्थानिय चाडपर्व, जात्रामात्रा व्यवस्थापन र प्रबद्र्धन भनेर बार्षिक हामीले दुईदेखि तिनलाख बजेट विनियोज गछौं । त्यो बजेट थोरैमात्र वडा नं. ६ मा जान्छ भने बाँकी सवै बजेट वडा नं. २ दोलखामा नै जाने हो । यदी हामीले दोलखाको जात्रामात्रा संचालनको लागि व्यवस्थापन र प्रबद्र्धनमा सहयोग गर्न नखोजेको भए यसरी बजेट विनियोजन गदैन्थ्यौ होला । त्यसैले आम नागरिकलाई थाहा नहुन सक्छ र व्यक्तिगत कुराहरुमा हामीले सहयोग गर्न सक्दैनौ भने सामूहीक काम कुरामा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गरी सहभागी भएर नै आएका छौं ।
यसै गरी दोलखामा व्यक्तिगत गुठीहरु छन त्यसमा राज्यको बजेट चलाउन मिल्दैन तर सार्वजनिक रुपमा चलाउनु पर्ने जात्रापर्वहरु छन् ति जात्रापर्वहरुमा संचालनको लागि नगरपालीकाले बजेट छुट्याएर विनियोजन गरी सहयोग र सहभागिता भएर आएको छ । यसरी छुट्याईएको बजेट वडाध्यक्षको संयोजनमा स्थानिय समिती गठन गरेर, स्थानिय अग्रसर संघ–संस्थाको संयोजनमा त्यो बजेट विनियोजन गर्ने गरेका छौं । यसै गरी कुन जात्रापर्वलाई कती बजेट दिने के गर्ने भन्ने बारेमा वडाध्यक्षको सल्लाह र स्थानिय व्यक्तीहरुको सहमती अनी निर्णय अनुसार विनियोजन गर्ने गरिएको छ । जस्तै दोलखाको मच्छिन्द्रनाथ रथजात्राको लागि वडाध्यक्षको सिफारिसमा हामीले स्थानिय कालिञ्चोक युवा क्लव दोलखा मार्फत विनियोजित बजेट जात्रा संचालनको लागि पठाउने गर्ने गरिएको छ ।

उपमेयर कमला बस्नेत माधवनारायण संगीतमय भजन मण्डलीको अवसरमा दोलखावासीको साथमा

नगर प्रमुख भरत बहादुर केसी र उपमेयर यहाँ एउटै पाटी नेकपाको हुनु हुन्छ काम गर्ने सिलसिलादेखि बजेट विनियोजन लगाएत अन्य कार्यहरुमा यहाँहरु विच कतिको मत भिन्नता हुने गरेको छ की छैन ?
हामी विचमा नगरपालीकाको कार्य योजना, बजेट विनियोजन सम्वन्धी काम गर्नु पर्दा त्यस्तो केही मत भिन्नता अहिले सम्म भएको छैन र भोलीको दिनमा पनी हुदैन होला । यसै गरी बजेट विनियोजन तर्जुमाको संयोजक पनी म आफै छु । त्यसकारण यसमा एकआपसमा लुकाउनु पर्ने कुरा पनी छैन, छलफल नगर्नु पर्ने अवस्था पनी छैन । अहिलेसम्मको कार्यकालमा म र मेयरज्यू एक भएर भीमेश्वर नगरवासीहरुको सहयोग र विकास निर्माणको क्रियाकलापमा सहभागी भएर आएका छौं ।

नेपालको संविधानले जातिय बाहुल्यताको आधारमा स्थानिय रुपमा आफ्नो मातृभाषा प्रयोग गर्न पाउने अधिकार प्रदत्त गरिएको छ । यसै गरी भीमेश्वर नगरपालीका भित्र नेवार, तामाङ, थामी र गुरुङ जातीहरु रहेका छन् र यीनीहरुले बोल्ने मातृभाषालाई अहिलेसम्म किन स्थानिय काम काजमा प्रयोगमा ल्याउन सकिराखेका छैनौ किन होला ?
यस नगरपालिका भित्र रहेका जातीहरुको मातृभाषालाई प्रयोगमा ल्याउन समस्या देखिन्दैन तर भीमेश्वर नगरपालीका भित्रनै दोलखाको नेवारी भाषा लगाएत तामाङ, थामी र गुरुङ भाषा बोल्न सक्ने कर्मचारी कती जना हुनु हुन्छ भन्ने कुरा पहिलो रह्यो । त्यसै गरी हामी जनप्रतिधी छौ हामीले यी विभक्त रहेका जातीहरुको भाषा बुझ्दैनौ । यसै गरी शाखा प्रशाखामा रहेका कर्मचारीहरुले बुझ्दैनन् ।

यस्तो भएकोले उदाहरण लिऔं दोलखाको नेवारी भाषामा नगरपालीकामा निवेदन पर्न आयो भने बुझ्ने कसरी कसले बुझाउने यो पहिलो कुरा भएकोले यसको व्यवस्थापन पक्षको लागि सरकारले व्यवस्थापन गर्नु पर्छ । त्यसैले संविधानले दिएको अधिकार आफ्नो ठाउँमा छ भने यसको व्यवस्थापन पक्ष पनी हेर्नु पर्ने हुन्छ । तर दोलखा भीमेश्वर नगरपालीका वडा नं. २ को हद्मा यो कार्य लागु हुन सक्छ भन्ने मेरो भनाई रहेको छ ।
यसै गरी हामीले अहिले स्थानिय पाठ्य पुस्तक निर्माण गरेका छौं । यसमा एउटा विषयमा दोलखाको नेवारी भाषाबाट बोल्न पाईएला र पढाउन सकिएता तर सबै बिषयमा दोलखाको नेवारी भाषाबाट सम्भव नहुन सक्छ यसको लागि ईच्छाधिन विषय राखेर लग्यो भने उक्त भाषा पढ्न चाहन्नेहरुले पढ्ने नचाहनेहरुले नपढ्ने हुन सक्छ । यसको लागि सरकारले एउटा निती नियम ल्याउन जरुरी रहेको छ । यसै गरी मातृभाषा प्रबद्र्धन भन्दा पनी संस्कृतीको संरक्षणको लागि हामीले पहल गर्न सक्छौ भने मातृभाषा प्रबद्र्धनको लागि हामी बसेर छलफल गरी अघि बढ्नु पर्छ । यसको बारेमा आगामी बर्षको लागि के गर्ने भनेर हामी छलफल गरेर अगाडी बढ्छौं ।

भीमेश्वर नगरपालीका वडा नंं. –२ मा उपमेयर कमला बस्नेतको उपस्थित धेरै रहेको छ भन्ने स्थानिय वासिन्दाहरुको भनाई रहेका छ । यसको वास्तविकता के होला ?
यस बारेमा दोलखामा भए गरेको विकास निर्माणको कुरा देखि हरेक मेरो दोलखा प्रतिको आकर्षणको बारेमा स्थानिय वासिन्दा एवं नागरिक समाजले मुल्याङ्कन गर्नु पर्ने कुरा हो । निश्चयनै नगरपालीकाको अन्य वडाहरुमा भन्दा म दोलखा भीमेश्वर नगरपालीका वडा नं. २ मा गईरहन्छु ।

कहिले वडाध्यक्ष विराजमान श्रेष्ठको आमन्त्रणमा औपचारीक अनौपचारीक हरेक क्रियाकलाप र कार्यक्रमहरुमा जाने गर्दछु । अर्को कुरा चाही म धर्म संस्कृतीमा पनी अलि बढी नै आस्था राख्छु र दोलखा पुरातात्वीक हिसावले धेरै महत्वपूर्ण ठाउँहरुमध्ये एक पर्दछ । त्यही भएर पनी म दोलखाको जात्रापर्व, चाडपर्वमा गईराख्छु । यसै गरी नगरपालीका धेरै जसो पाहुनाहरु आउनु हुन्छ वहाँहरुलाई लिएर पनी दोलखा जाने गर्दछु दोलखा भीमेश्वरको दर्शन गर्न । यसै गरी दोलखामा मेरो धेरै साथीसंगी, साथीभाईहरु र शुभचिन्तकहरु छन् । त्यसमाथी फेरी नेवार जातीको धेरै चाडपर्वहरु हुन्छ ति चाडपर्वहरु मनाउने क्रममा आमन्त्रण आउँछ अनी वहाँहरुको आमन्त्रणलाई स्विकार गरेर दोलखा गईराख्छु । सरदर दोलखा हप्तामा दुईतिन चोटी जान्छु ।

भीमेश्वर नगरपालीको भावी योजना के छ ?
भीमेश्वर नगरपालीकाको भावी योजना चाही हामीले शुरुवात गरेका जतिपनी बहुबर्षिय योजनाहरु छन् । ति बहुबर्षिय योजनाहरु सम्पन्न गर्ने मुल भावी योजना रहेको छ । यसै गरी हामीले पहिलो प्राथमिकता शैक्षिक क्षेत्रलाई दिएका छौं । शैक्षिक क्षेत्रमा नगरपालीका भित्र गुणस्तरीय शिक्षा कायम गर्न पहल गरेका छौ । यसै गरी शिक्षाको हकमा नगरपालीकाको कुनै पनी नागरिकहरुको छोराछोरी, बालबालिकाहरु चाही निराक्षर भएर घरमा बस्नु पर्ने अवस्था नहोस् भन्ने अभियान लागिपरेका छौं ।
यसै गरी स्वास्थ्यको क्षेत्रमा शुरुमा पिएसडि थियो । अहिले चरिकोट अस्पताल बनाउन सफल भएका छौं । अहिले १५ बेडको अस्पताल त चलेकै छ । तर त्यसलाई ५० बेडदेखि १०० वेडको अस्पताल बनाउने हाम्रो लक्ष्य राखेका छौं । यसै गरी भीमेश्वर नगरपालीकालाई शैक्षिक स्थलको रुपमा विकास गर्ने योजना रहेको छ भने स्वास्थ्य उपचारको सिलसिलामा ठुलो रोगहरु बाहेक अन्य सामान्य रोगहरु जिल्ला भित्रका नागरिकहरुलाई यहीबाटै उपचार गराउन सक्ने बनाउने लक्ष्य लिएका छौं । यसै गरी भौतिक पूर्वाधारको क्षेत्रमा जतीपनी निर्माण गर्न बाँकी संरचनाहरुलाई सम्पन्न गर्ने र शुरु नभएका संरचनाहरुलाई शुरुवात गर्ने अर्को लक्ष्य राखेका छौं । यसै गरी भीमेश्वर नगरपालीकालाई पर्यटकिय गन्तव्यको स्थलको रुपमा विकास गर्ने लक्ष्य रहेको छ । यस अन्तर्गत भौतीक पूर्वाधार, सामाजिक पूर्वाधार, बिभिन्न मठ–मन्दिरहरुको पुनर्निमाण गर्ने छौं ।

अहिले स्थानिय निकायमा प्रमुख पुरुष र उप प्रमुख महिला हुनु पर्छ भन्ने अवधारणा प्रति कतिको सन्तुष्टी हुनु हुन्छ ?
वास्तवमा भन्ने हो भने नेपालको संविधानले प्रमुखमा पुरुष र उपप्रमुखमा महिला नै हुनु पर्छ भनेर कही लेखिएको छैन । तर यहाँ बुझाई चाही त्यस्तो देखिएको छ । कुनै एक प्रमुख पदमा महिलाको सहभागीता हुनु पर्छ भनेर लेखिएको छ । यसै गरी महिलालाई प्रमुख दियो भने चलाउन सक्दैन त्यसैले प्रमुखको भूमीका भन्दा पनी उपप्रमुखको भूमीका ठिक सुुहाउँदो हुन्छ भनेर मात्र यस्तो गरेको हो । यसै गरी अहिलेका अवस्थालाई हेर्ने हो भने अधिकांश गाउँपालीका, नगरपालीका र महानगरपालीकामा प्रमुख पुरुष र उपप्रमुखमा महिलालाई दिएको छ । त्यसैले संविधानले दिए अनुसार भोलीका दिनमा महिलाहरुले पनी प्रमुखको भूमीका निर्वाह गर्न सक्छ र धेरै भन्दा धेरै क्षमतावान महिलाहरु अहिले जन्मी सकेका छन् ।

त्यसो भए भोलीको दिनमा भीमेश्वर नगरपालीकाको प्रमुख पदको उम्मेदवार यहाँ हुने सोच तयार गर्नु भएको छ ?
पक्कैपनी किनभने प्रमुख पछि उपप्रमुख नै हो । अहिलेसम्ममा उपप्रमुखमा बसेर मैले धेरै कुराहरु सिकिसके अनुभव र अनुभूती बटुली सके त्यसैले भोलीका दिनमा भीमेश्वर नगरवासी र पार्टीले भीमेश्वर नगर प्रमुखको जिम्मेवारी दिन्छ भने त्यसको लागि म तयार छु ।

बाँपीझ्याला पत्रिका पहिले मासिक रुपमा प्रकाशन गर्दै आएका थियौं । अहिले अनलाईन पत्रिका बनाएर बाँपीझ्याला डटकम संचालन गरेर आएका छौं । यस पत्रिका यहाँले कतिको अध्ययन गर्नु भएको छ र यस्को प्रबद्र्धनको लागि केही सल्लाह सुझाव दिनु हुन्छकी ?
मैले यस पत्रिकाको बारेमा कुरा गर्नु पर्दा धेरै अध्ययन गरेको छैन । पछिल्लो अवधीमा तपाईसंग सम्पर्क भएपछी मैले यस पत्रिका अध्ययन गर्ने गरेको छु । अहिले अनलाईन पत्रिकाको त नियमित स्रोता नै बनी सकेसकेको छु । तर बिस्तृत अध्ययन गर्न बाँकी छ यहाँले यस पत्रिकामा के के समावेश गर्नु भएको छ । त्यसको बारेमा अध्ययन गरेर यहाँलाई सल्लाह दिने नै छु ।
तर मलाई जहासम्म लाग्छ यस पत्रिकाले दोलखाको नेवार जातीले बोलिने नेवार भाषा, मनाईने संस्कृतीलाई प्रबद्र्धन र सम्पदा संरक्षण गर्नमा सहयोग पू¥याउन उद्देश्य राख्नु भएको महशुष गरेको छु । यस कार्यमा म र भीमेश्वर नगरपालीकाले दोलखाली नेवारी जनताको हितमा गरिने भाषा, संस्कृती, परम्परालाइई निरन्तरता र सम्पदा संरक्षण लगाएत हरेक क्रियाकलापलाई सहयोग गर्ने प्रतिवद्धता समेत जाहेर गर्दछु ।
अर्को कुरा समाचार, लेखहरु खोजमुलक, ऐतिहासिक, पर्यटकिय र धार्मीक क्षेत्रहरुलाई समेटी दोलखा भीमेश्वर नगरपालीका र सिङ्गो दोलखा जिल्लाको समाचार सम्प्रेशन गर्न सफल भई दोलखा जिल्लामा बसोबास गर्ने स्थानिय वासिन्दाहरुको मुखपत्रको रुपमा स्थापित भई सम्पूर्ण नेपाली जनताको समाचार सम्प्रेशन गरी पत्रकारीता क्षेत्रमा अग्रपंक्तीमा रही दोलखा जिल्ला भित्र रहेका हरेक महत्वपूर्ण पर्यटकिय, धार्मीक क्षेत्रहरुलाई विश्व सामू चिनाउन सफल र सक्षम होस भन्ने शुभकामना दिन चाहन्छु ।

यस बाँपीझ्याला डटकम अनलाईन पत्रिका मार्फत भीमेश्वर नगरवासीहरुलाई केहि सन्देश दिन चाहनु हुन्छ ?
म यस बाँपीझ्याला अनलाईन पत्रिका मार्फत आम भीमेश्वर नगरवासीलाई के अनुरोध गर्न चाहन्छु भने हामी जनप्रतिनिधीहरु मात्र केही होईन भीमेश्वर नगरपालीकालाई समृद्ध भीमेश्वर नगर बनाउनको लागि नगरवासीले हामीलाई जिम्मेवारी दिएको छ र हामीले नगर बनाउनको लागि केही सपना देखेका छौं । तर त्यो सपना पूरा गर्नको लागि नगरभित्रको नगरवासीहरुको साथ जरुरी रहेको छ । यही अनुसार भीमेश्वर नगरवासीको साथ र सहयोग भएको खण्डमा भोलीका दिनमा हामी भीमेश्वर नगरपालीकाको जनप्रतिनिधीहरुको सपना साकार हुने कुरामा विश्वस्त छौं । यस कार्यमा यहाँहरुको सक्रिय सहयोग र सहभागीता रहने छ भन्ने आशा एवं विश्वास लिएको छौं । यसै गरी अहिले हामीले बनाएका योजनाहरु नागरिकका हित भन्दा बाहिर गएर बनाएका छौं जस्तो लाग्दैन तर पनी काम गर्दा गर्दै कतै केही भएको खण्डमा हामीलाई वहाँहरुले बेलैमा सल्लाह र सुझाव दिनु पर्छ भनेर पनी अनुरोध गर्न चाहन्छु ।

अर्को कुरा अझ हामी संग काम गर्न करिव करिव १५ महिना बाँकी छ । यस १५ महिना भित्र हामीले धेरै भन्दा धेरै काम गर्न सक्छौ । त्यसकारण अहिले हामीले नगरी नहुने अहिलेसम्म त्यस्तो काम गरिएको छैन भने त्यस्तो कामको लागि प्रस्ताव गर्न पनी नगरवासीलाई अनुरोध गर्दछु । जसले गर्दा आम भीमेश्वर नगरवासीलाई फाईदा पुगोस् भन्ने यस पत्रिका मार्फत अनुरोध गर्न चाहन्छु ।

अहिले जतिपनी वडाहरुमा विकास निर्माणका कामहरु जस्तै संघिय सरकारका काम, प्र्रदेश सरकार अन्तर्गतका योजनाहरु होलान् अथवा नगरस्तरबाट गरिने योजनाहरु होलान् यी सवै काम जहाँबाट आएपनी वडाको लागि आएको हुनाले त्यो सवै कुरामा विशेष चासो दिनु हुनपनी विशेष अनुरोध गर्दछु । यसै गरी हामीले गरि आएका हरेक क्रियाकलापको बारेमा केही भएमा सल्लाह र सुझावको अपेक्षा पनी गर्दछु ।

अन्तमा, मेरो आफ्नो निजी तथा सार्वजनिक विचारहरु भीमेश्वर नगरवासीहरुको विचमा सम्प्रेशन गर्न यस बाँपीझ्याला पत्रिकाले विशेष महत्वका साथ सहयोग गर्नु भएकोमा यस पत्रिका प्रति आभार प्रकट गर्दै यस पत्रिकाका सम्पादक दाजु उपेन्द्र प्रधानलाई विशेष धन्यवाद दिन चाहन्छु ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment