बाँपीझ्याला, काठमाण्डौं । काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले शनिबार युनेस्कोको सम्पदाको सूचीमा रहेको इतुम्बहाःमा रहेको श्री भाष्करदेव संस्कारित केशचन्द्रवृत पारावत् महाविहारस्थित देवाद्यः छेँ (कुलदेवता घर)को पुननिर्माणपछि उद्घाटन गरेका छन् ।
मेयर शाक्यले उद्घाटनपछि मूर्त÷अमूर्त अभियानअन्तर्गत आप्नो कार्यकालमा काठमाडौँभित्र रहेका धेरै कुलदेवता घर, आगम घरको पुननिर्माण भइसकेको जानकारी दिए । मेयर शाक्यले मूर्तमात्र होइन अमूर्त सम्पदाको संरक्षणमा पनि काम भइरहेको छ, भने ।

मेयर शाक्यका अनुसार पुननिर्माण गरेर देवाद्यः छेँ श्री भाष्करदेव संस्कारित केशचन्द्रवृmत पारावत् महाविहार संरक्षण समाजलाई सुम्मिसकेपछि अब महानगरपालिकाको काम सकिएको छ । उहाँ भन्छन्– अब यसमा महानगरपालिकाले हस्तक्षेप गर्ने छैन । अबदेखि यसको संरक्षण गर्ने जिम्मेवारी केशचन्द्रवृmत पारावत् महाविहार संरक्षण समाजको हो । काठमाडौँको मुटुमा रहेको इतुम्बहाःमा काठमाडौँ महानगपालिकाको सहयोगमा देवाद्यः छेँको पुननिर्माण भएको हो । जुन इतुम्बहाःका करीब १५० भन्दा बढी घरधुरीको इस्ट देवताको घरको रुपमा रहेको छ । सो देवाद्यः छेँको पुननिर्माण गर्न करीब दुई वर्षअघि शिलान्यास गरिएको थियो ।
केशचन्द्रवृmत पारावत् महाविहार संरक्षण समाजका अध्यक्ष क्याप्टेन चन्द्रबहादर शाक्यले इतुम्बहाःको गौरव र प्रतिष्ठाको रुपमा देवाद्यः छेँको पुननिर्माणमा सहयोग गर्ने सबै पक्षलाई धन्यवाद दिए । उनले यस क्रममा श्री भाष्करदेव संस्कारित केशचन्द्रवृmत पारावत् महाविहार नेपाल मण्डलकै समृद्ध र सुविधायुक्त महाविहार हो, भनेका छन् ।
यसैगरी, महाविहार संरक्षण समाजका महासचिव प्रज्ञारत्न शाक्यले मूर्त सम्पदाको रुपमा रहेको देवाद्यः छेँको पुननिर्माण सकिएपनि यस समाजमा रहेका कैयौँ अमूर्त सम्पदाको संरक्षण र जगेर्णा गर्न बाँकी रहेको भनाई राखे ।