Search

अब नेपाल २०२६ मा मात्र अति कम विकसित मुलुकबाट स्तरोन्नति हुने, सीडीपीले गर्यो सिफारिस

अब नेपाल २०२६ मा मात्र अति कम विकसित मुलुकबाट स्तरोन्नति हुने, सीडीपीले गर्यो सिफारिस

बाँपीझ्याला, काठमाण्डौं । नेपाल सन् २०२६ मा मात्र अति कम विकसित मुलुकबाट स्तरोन्नति हुने भएको छ । संयुक्त राष्ट्रसंघको विकास नीति समिति कमिटी फर डेभलपमेन्ट पोलीसी–सीडीपी) ले नेपाललाई कम विकसित देशबाट विकासशील राष्ट्रमा स्तरोन्नति गर्न सिफारिश गरेको हो ।

कोभिड–१९ महामारीका कारण नेपाल सरकारको अनुरोधमा यो तयारी अवधिलाई पाँच वर्ष बनाइएको सीडीपीले उल्लेख गरेको हो । नेपालसँगै सीडीपीले लाओस् र बंगलादेशलाई पनि विकासशील राष्ट्रमा स्तरोन्नति गर्न सिफारिश गरेको छ ।

समितिले नेपाललाई विकासशील राष्ट्रमा पूर्ण ढंगले रूपान्तरित भइसक्न तयारीका लागि ५ वर्षे अवधि सिफारिश गरेको छ । यस अनुसार नेपाल सन् २०२६ मा विकासशील राष्ट्र बन्नेछ ।

सीडीपीले तीन–तीन वर्षमा गर्दै आएको मूल्यांकन यही फ्रेब्रुअरी २२ देखि २६ सम्म चलेको थियो । नेपालले आयको स्तरबाहेक अन्य दुई मापदण्डमा यसअघिका दुईओटा समीक्षादेखि नै मापदण्ड पूरा गरिसकेको उल्लेख गर्दै स्तरोन्नति हुन सुझाएको हो । प्रतिव्यक्ति आय, मानव सम्पत्ति सूचकांक र आर्थिक जोखिम सूचकांकमध्ये नेपालले पछिल्लो दुई मापदण्ड पूरा गरेर स्तरोन्नतिका लागि योग्य भएको हो ।

सामान्यतः यस्तो संक्रमणकालीन अर्थात तयारी अवधि अधिकतम तीन वर्षका लागि हुन्छ । तर, दक्षिण एसियामै भुटान २०२३ र बंगलादेश सन् २०२४ मा स्तरोन्नति हुने तयारीमा थिए । नेपालले भने सन् २०२२ मा स्तरोन्नति हुने लक्ष्य राखेको थियो ।

दोलखाको चाडपर्ब तथा जात्राहरु

Written by 

Related posts

Leave a Comment