Search

सहधारा जात्रामा सहभागी भक्तजनहरुलाई मिष्ठान भोजन

सहधारा जात्रामा सहभागी भक्तजनहरुलाई मिष्ठान भोजन

प्रविण श्रेष्ठ
बाँपीझ्याला, दोलखा ।
पौष शुक्ल पुर्णीमादेखि माघ शुक्ल पुर्णीमासम्म स्वस्थानी ब्रत प्रारम्भ भएदेखि विहान विहान गाईने माधवनारायण भजन गाएनमा सहभागी, सहधाराजात्रामा सहभागी भक्तजन लगाएत दोलखावासीहरुलाई समाजसेवी विष्णु लक्ष्मी श्रेष्ठले मिष्ठान भोजन, चिसो पेय पर्दाथ भीमेश्वर मन्दिरको प्राङ्गनमा व्यवस्थापन गरी खुवाएको छ । यस पुन्य कार्यको स्थानिय व्यवस्थापन स्थानिय युवा समाजसेवी प्रविण श्रेष्ठले गर्नु भएको हो ।

यसै गरी वहाँकै सहयोगमा सहधारा जात्रामा सहभागी करिव २ शय जना भन्दा बढी भक्तजनहरुलाई रामनामको भर्को समाजसेवी श्रेष्ठको तर्फबाट वडाध्यक्ष विराजमान श्रेष्ठ, समाजसेवी हर्कबहादुर श्रेष्ठ र समाजसेवी गोपाल प्रधानले वितरण गर्नु भएको जानकारी युवा गाएक दिपक स्वप्नील श्रेष्ठले बताउनु भयो ।


यसै गरी उक्त सहधारा जात्रामा सहभागी हुने भक्तजन महानुभावहरुलाई कालिञ्चोक युवा क्लवका पुर्व अध्यक्ष एवं समाजसेवी गोपाल प्रधानले तरकारी बोक्ने झोला वितरण गरिएको समाचार प्राप्त भएको छ ।

Written by 

Related posts

Leave a Comment