Search

इन्टरनेट शुल्क घटाउने वारे छलफल भैरहेकोले केहीदिनमा नै परिणाम आउने : सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङ

इन्टरनेट शुल्क घटाउने वारे छलफल भैरहेकोले केहीदिनमा नै परिणाम आउने : सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङ

बाँपीझ्याला, काठमाण्डौं । कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) को २७ औ वार्षिक साधारण सभामा अवसरमा प्रमुख अतिथी तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले शुभकामना मन्तव्यको क्रममा माघ १९ गतेको क्याविनेट वैठकले नेपालका सवै जिल्लाका दुर्गम वस्तीसम्म फाइवर लाइन विस्तार गरी भरपर्दो इन्टरनेट सेवा पु¥याउने निर्णय भएको जानकारी गराउनु हुर्दै सोही अनुसार विस्तार गरिने बताउनु भयो ।

उहाँले डिजिटल नेपाल फ्रेमवर्कको परिकल्पना गरी सरकारी सेवाहरू फेसलेस, पेपरलेस र लाइनबाट हैन अनलाइनवाट उपलब्ध गराउने वताउनुभयो । अव तपाई हाम्रो हातमा भएको मोवाइल नै सिङ्गो कार्यालय हुने र त्यहीवाट सरकारी सेवा लिनसक्ने गरी काम भैरहेको पनि उहाँले जानकारी दिनुभयो ।


मन्त्री गुरूङले भन्नु भयो । यसै गरी इन्टरनेट शुल्क घटाउने वारे छलफल भैरहेकोले केहीदिनमा नै परिणाम आउनेमा विश्वस्त दिलाउन चाहन्छु भन्नु भयो ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment