Search

भीमेश्वर नगरपालीकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सूचीकृत हुन आब्हान

भीमेश्वर नगरपालीकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सूचीकृत हुन आब्हान

बद्री दाहाल
बाँपीझ्याला, दोलखा ।
दोलखा जिल्ला भीमेश्वर नगरपालीकाको कार्यालय चरिकोट दोलखाले आर्थिक बर्ष २०७७÷०७८ को लागि भीमेश्वर नगरपालीका वार्ड नं. १ देखि ९ सम्मका प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बेरोजगार युवाहरुलाई आ–आफ्नो वडा कार्यालयमा सम्पर्क गरी नाम सूचीकृत गराउन सार्बजनिक सूचना प्रकाशित गरिएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम संचालन निर्देशिका २०७५ बमोजिम रोजगारमा आवद्ध हुन चाहने नगरपालीका भित्रका युवाहरुलाई आफु बसोबास गरेको स्थानीय तहको सम्वन्धीत वडा कार्यालयमा यही फाल्गुण ३० गते सम्ममा नाम सूचिकृत गराउन समेत उक्त प्रकाशित सूचना भनिएको छ । यसै गरी अहिलेसम्म सूचीकृत बेरोजगार युवाहरुले पनी अद्यावधिक गर्न समेत उक्त सूचनामा अनुरोध गरिएको छ । यसरी सूचीकृत गर्दा सम्वन्धीत व्यक्ति नै वडा कार्यालयमा उपस्थित भई हुनु पर्ने समेत उल्लेख गरिएको छ ।


भीमेश्वर नगरपालीकाका प्रशासकिय अधिकृत मान बहादुर खड्काले यही फाल्गुण ७ गते प्रकाशित गर्नु भएको उक्त सूचनामा सूचीकृत युवाहरुले नागरिक्ताको प्रतिलिपी थान १ र हालसालै खिचिएको पासपोर्ट साईजको फोटो एक कपि पनी पेश गर्नु पर्ने उल्लेख गरिएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!