Search

दोलखा भीमेश्वरमा शुक्रबारको विशेष संगितमय आरती सम्पन्न

दोलखा भीमेश्वरमा शुक्रबारको विशेष संगितमय आरती सम्पन्न

अजय प्रधान,
बाँपीझ्याला, दोलखा ।
भीम एकादशीको दिनलाई शुभ साईत गरी दोलखा जिल्लाका प्रमुख जिल्ला अधिकारी रमेश प्रसाद शिवाकोटले विधिवत रुपमा दोलखा भीमेश्वरमा सध्याकालिन संगितमय आरतीको उद्घाटन गरिएको थियो । हप्तामा दुईपटक अर्थात प्रत्येक हप्ताको सोमबार र शुक्रवार संगीतमय आरती भजनगान प्रस्तुत गर्ने गरि शुरुवात गरिएको उक्त संगितमय आरती आज शुक्रवार पनी सम्पन्न गरिएको जानकारी भीमेश्वर पूजा तथा गुठी व्यवस्थापन समितीका अध्यक्ष भरत श्रेष्ठले दिनु भयो ।

दोलखा भीमेश्वरमा संगितमय सन्धाकालिन आरतीमा लाल भैरव रिसोर्टका प्रबन्धक संचालन शान्तकृष्ण श्रेष्ठ र भक्तजनहरु


भीम एकादशीको दिन गरिएको संगितमय आरतीको लागी व्यवस्थापन दोलखा दर्शन होटेलका प्रबन्धक संचालन गम्भीर श्रेष्ठले गर्नु भएको थियो । यसै गरी आज शुक्रवार सम्पन्न गरिएको संगीतमय आरतीको व्यवस्थापन लाल भैरव रिसोर्टका प्रबन्धक निर्देशक शान्त कृष्ण श्रेष्ठले गर्नु भएको जानकारी अध्यक्ष श्रेष्ठले दिनु भयो ।

यस बारेमा भीमेश्वर नगरपालीकाका वडाध्यक्ष विराजमान श्रेष्ठ संग सम्पर्क गर्दा अहिले जुन संगीतमय आरती दोलखा भीमेश्वरमा हप्तामा दुई पटक शुरु गरिएको छ । यस संगितमय आरती भजनले दोलखावासी लगाएत दोलखा जिल्ला भित्र र बाहिरका भक्तजन महानुभावहरुलाई सामेल हुन विशेष आब्हान गरिएका छ ।

सोही अनुसार गत ११ गते भीम एकादशीको दिन देखि शुरु गरिएको संगीतमय आरतीलाई आज पनी निरन्तरता दिईएको छ । यसरी आरती गर्दा व्यवस्थापनमा विशेष सहयोग गर्नु हुने दोलखा दर्शन होटेलका संचालक गम्भिर श्रेष्ठ र लाल भैरव रिसोर्टका प्रबन्धक निर्देशक शान्त कृष्ण श्रेष्ठलाई धन्यवाद दिनु हुदै यसै गरी प्रत्येक हप्ता सोमबार र शुक्रवार दुई पटक हुने सध्याकालिन संगीतमय आरतीमा सामेल हुन सम्पूर्ण भक्तजनहरुलाई भीमेश्वर नगरपालीका वडा नं. २ को तर्फबाट उपस्थितको लागि वडाध्यक्ष श्रेष्ठले अनुरोध गर्नु भएको छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment