बाँपीझ्याला, काठमाण्डौं । गायक कालीप्रसाद बाँस्कोटा र गायिका अस्मिता अधिकारीको स्वरमा रहेको गीत ‘मैना’को भिडियो सार्वजनिक भएको छ । गीतमा कालीकै शब्द र संगीत छ । भिडियोमा विज्ञान र गरिमा शर्मा फिचर्ड छन् ।
डान्सिङ फ्लेभरको गीतमा विज्ञान र गरिमाको जोडी सुहाएको छ । शंकर भुजेलको डीओपी, कृष्ण भण्डारी एण्ड ग्लेज इन्टरटेनमेन्टको रंग संयोजन र सम्पादन तथा सुरेश पाण्डेको कोरियोग्राफी रहेको भिडियोमा वसन्त अधिकारीले निर्देशन गरेका हुन् ।