Search

समाजसेवी एवं अधिवक्ता प्रविण प्रधान सम्मानित

समाजसेवी एवं अधिवक्ता प्रविण प्रधान सम्मानित

बाँपीझ्याला, काठमाण्डौं । नेपालीहरुको महान आराध्यदेव श्री पशुपतीनाथ सम्पूर्ण धर्मावलम्वीहरुको आस्थाको केन्द्रविन्द रहेको छ । यस पुन्य कार्यको लागि श्री पशुपतीनाथमा नेपाल सरकार, पशुपती क्षेत्र विकास कोष र दाताहरुको विशेष सहयोगमा सुनको पिठिका एवं जलहरी निर्माण गर्ने अत्यन्तै पवित्र कार्य सम्पन्न गरिएको छ ।

यस पुन्य कार्यमा मन, बचत र धनले सहयोग गरी महत्वपूर्ण योगदान पू¥याए वापत समुच्च मूल्याङ्कन गर्दै स–धन्यवाद सहित श्री पशुपतीनाथ मन्दिर सुनको जलहरी निर्माण व्यवस्थापन समितीको तर्फबाट दोलखाका युवा समाजसेवी एवं अधिवक्ता प्रविण प्रधान सम्मानीत हुनु भएको छ । उक्त सम्मान पत्र पशुपती क्षेत्र विकास कोषका कोषाध्यक्ष डा. मिलन कुमार थापाले दिनु भएको थियो ।


समाजसेवी एवं अधिवक्ता प्रविण प्रधानलाई यसरी सम्मानित गर्नु भएकोमा श्री पशुपती मन्दिरको सुनको जलहरी निर्माण तथा व्यवस्थापन समिती प्रति हार्दिक आभार व्यक्त गर्दै समाजसेवी प्रविण प्रधानको उत्तरोतर प्रगतीको कामना यस बाँपीझ्याला अनलाईन पत्रिका परिवारको तर्फबाट व्यक्त गर्दछौं ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!