१२, फाल्गुण, बाँपीझ्याला, काठमाण्डौं । पूर्व विद्यार्थीहरुको सहयोगमा भीम माध्यमिक विद्यालय दोलखामा निर्माणाधिन अवस्थामा रहेको सभाहलको लागि आर्थिक सहयोग जुटाउनको लागि गत मंसिर १३ गते उपत्यका स्थित बरिष्ठ कलाकार एवं समाजसेवी मदनदास श्रेष्ठको संयोजकत्वमा ८ सदस्यित सहयोग समिती गठन गरिएको थियो ।

उक्त सहयोग समितीको विभिन्न मितीमा बसेको बैठकको निष्कर्श अनुसार उपत्यकावासी भीम माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरुलाई भेला गर्ने सन्दर्भमा आज जमल स्थित एलो पेगोडा होटलमा बैठक सम्पन्न भएको छ ।

उक्त बैठकको निर्णय अनुसार यही फागुण २२ गते शनिवारका दिन स्काईजोन रेष्टुरेण्ट धुम्वाराहीमा विहानको ९ बजे पूर्व विद्यार्थिहरु विच भेला गरी छलफल गर्ने निर्णय भएको जानकारी सहयोग समितीका संयोजक एवं बरिष्ठ कलाकार मदनदास श्रेष्ठले बताउनु भयो ।

यसै गरी उक्त भेलामा पूर्व विद्यार्थीहरुका २०३४ सालदेखिका बिभिन्न ब्याचको पूर्व विद्यार्थीहरुको प्रतिनिधीको उपस्थिती रहेको थियो । उक्त प्रतिनिधीहरुलाई आ–आफ्नो ब्याचका साथीहरुलाई उक्त दिन आमन्त्रण गर्न जिम्मेवारी दिएको समेत सहयोग समितीका सदस्य प्रा. डा. हरिदर्शन श्रेष्ठ जानकारी दिनु भयो । यसको लागि औपचारीक सूचना छिट्टै प्रकाशनमा ल्याउने र उक्त सूचना प्राप्त नभएमा यसैलाई सूचना मानी उपस्थित भई दिन पनी संयोजक मदनदास श्रेष्ठले अनुरोध गर्नु भएको छ ।
सम्र्पक व्यक्तिः
मदनदास श्रेष्ठ : ९८५१०–००७६८
प्रा. डा. हरिदर्शन श्रेष्ठ : ९८४१–५५४०६६
निरेन्द्र मास्के : ९८४१–२४२०३५