Search

विषाक्त भावना !

विषाक्त भावना !
मयजु कल्पना श्रेष्ठ महर्जन

हिंड्न खोज्छु,
खुट्टा तानिन्छ,
हेर्न खोज्छु,
आँखा थुनिन्छ,
तैरिन खोज्छु,
जाल थापिन्छ,
खै के भन्नू र,
मानवीय सोच,
ईर्ष्या जलन,
वितृष्णा , छलकारी !
उफ् !
बुद्धिजीवी प्राणी रे,
सद्भावको खानी रे,
केही कदम बढाए,
खिंचातानी हुन्छ,
प्रशासन हेरे,
मनोमानी हुन्छ,
कठै, मान्छे !!?
अब त,
देउराली पनि,
भैसके अछूत,
जालसाजीको चपेटामा,
चौतारी पनि बिटूलो,
हावादारी होहल्लामा,
नियम ढाकछोपमा,
ऐन खुसामदमा,
विधान संविधान,
लुकेछ क्यारे,
फटाहाको खल्तीमा,
सिद्धान्त चपाएछ,
अहंकारको परिशिष्टमा,
खै अब त..
उदेकलाग्दो छ,
ज्ञानी गुनीहरु,
अर्थहीन हाँसोमा,
बेरोजगारीहरु..
दलालको पासोमा !
देश विकास त,
नारामा सीमित,
नगद निकास,
आफन्तमा सीमित,
जताततै नातावाद,
चोरलाई साधुवाद ?
यहाँ पीठो बिक्छ,
भ्रष्टाचारीमा,
भोक पनि बिक्छ,
खोक्रो ललकारीमा !
करको आँखा..
सडक तरकारीमा,
अनि बिक्छ यहाँ,
कालाबजारीहरु,
न्याय पनि बिक्छ,
अन्धा बजारमा,
कसैलाई छैन मतलब,
हुँदाखानेका कामनाहरु,
सर्वतोमुखी छ,
विषाक्त भावनाहरु !!



लाजिम्पाट, काठमाडौं ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment