बाँपीझ्याला, एजेन्सी । ओलिभियर जिरुको उत्कृष्ट ओभरहेड किक गोलको मद्दतले चेल्सीले एथ्लेटिको म्याड्रिडलाई च्याम्पिन्यस लिगको अन्तिम १६ को पहिलो लेगमा पराजित गरेको छ । खेलको ६८ औँ मिनेटमा जिरुले गरेको एक्रोब्याटिक गोलले चेल्सीलाई अवे गोलको फाइदा पनि दिएको छ ।
जीतसँगै नयाँ म्यानेजर थोमास टुचेलको अपराजित यात्रा कायम रहेको छ भने टोली क्वार्टरफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । चेल्सी सन् २०१३–१४ सिजनपछि पहिलोपटक क्वार्टरफाइनल पुग्ने आशामा रहेको छ ।
कोभिड–१९ का कारण खेल स्पेनको साटो रोमानियामा आयोजना गरिएको थियो । खेलमा एथ्लेटिकोले चेल्सीको पोष्टमा एक पनि प्रहार गर्न असफल रह्यो ।