Search

घोक्सीला समाजको आयोजनामा मदिरा नियन्त्रण गर्ने सचेतना कार्यक्रम

घोक्सीला समाजको आयोजनामा मदिरा नियन्त्रण गर्ने सचेतना कार्यक्रम

बद्री दाहाल,
बाँपीझ्याला, दोलखा ।
भिमेश्वर नगरपालिका चरिकोट दोलखा र घोक्सिला समाजको संयुक्त आयोजनामा मदिरा सेवन नियन्त्रण तथा न्यूनीकरण सम्बन्धि कार्यक्रम भीमेश्वर नगरपालीका वडा नं. ५ घोक्सीलामा सम्पन्न भएको छ । भीमेश्वर नगरपालीकाको नगर प्रमुख भरत केसी, उपप्रमुख कमला बस्नेतको आथित्यमा सम्पन्न उक्त कार्यक्रममा स्थानिय वासिन्दाहरुको तर्फबाट मदीरा न्यूनीकरण गर्न सहयोग पुग्ने केहि निर्णय गरेका छन् ।

– जांड रक्सी बनाउन चाहिने अन्न कोदोलाइ खाद्यान्नको रूपमा जस्तैः ढिडो ,रोटी लगाएतका
परिकार बनाउन प्रयोग गर्ने ।
– देब कार्यहरुमा मदिरा प्रयोग नगर्ने ।
– पितृ कार्य, मलामी जादा , तेर्हौं दिनको पुन्य तिथि र वार्षिक तिथिमा प्रयोग नगर्ने ।
– मेलापात गर्दा आफ्नोमा पनि मदिरा नदिने र अर्काकोमा जादा नि प्रयोग नगर्ने ।
– बिशेषगरी चाडपर्वमा बेलुका आफ्नो घरमा बाहेक अन्यत्र सेवन गर्न नपाउने र अरु कसैलाई
मदिरा सेवन गर्न प्रोत्साहन गर्न नहुने साथै मदिरा प्रयोग गरेर कसैलाई असर पुग्ने गरि जथाभाबी
बोल्ने र झगडाको निहुँ उब्जाउने कार्य गरेमा प्रहरी बोलाएर कारबाही गर्न लगाउने ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!