
अजय प्रधान,
बाँपीझ्याला, दोलखा । जिल्ला प्रशासन कार्यालय चरिकोट, दोलखामा २०६७ साल माघ २३ गते दर्ता नं. ७३९ मा दर्ता रहेको महिला विकास तथा सचेतना केन्द्र २०७२ सालको भुकम्प पश्चात सदस्यहरुको बेफुर्सदको कारण निकृय रहन्दै आएकोमा उक्त संस्थाको यही २०७७ साल माघ २ सम्पन्न साधारण सदस्य तथा शुभचिन्तकहरुको भेलाले पहिलाको समिती विघटन गरी मञ्जरी श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गरेको छ ।
भीमेश्वर नगरपालीका वडा नं. २ का वडाध्यक्ष विराजमान श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न उक्त भेलाले उपाध्यक्षमा अञ्जु श्रेष्ठ, सचिवमा विन्दीया श्रेष्ठ, कोषाध्यक्षमा निशा राजभण्डारी, सह–सचिवमा मनु श्रेष्ठ, सदस्यहरुमा कमला प्रधान, कालिका पाण्डे, पदम कुमारी प्रधान, र सिर्जना श्रेष्ठ निर्विरोध चयन भएको समाचार प्राप्त भएको छ ।
यसै गरी उक्त संस्थाको संरक्षकमा समाजसेवी एंव व्यवसायी सकुना श्रेष्ठ रहेको छ ।
दोलखा जिल्ला भीमेश्वर नगरपालीका वडा नं.२ का महिला दिदिबहिनीहरुको सिप, दक्षतालाई प्रर्बद्धन गरी आयमुलक कार्य योजना र लक्ष्यका लागि अघि बढ्ने उद्देश्य रहेको उक्त संस्थाका संरक्षण एव सल्लाकार सकुना श्रेष्ठले बताउनु भयो । यसै गरी दोलखा शहर, भीमेश्वर नगरपालीका र दोलखा जिल्लाको स्थानिय उत्पादनलाई प्राथमिकता दिई सोही अनुसार संस्था भित्र आवद्ध रहेका पदाधिकारी, सदस्य र दोलखाली शुभचिन्तक दिदीबहीनीहरुलाई स्वरोजगार हुन सहयोग पू¥याउनु संस्थाको पहिलो उद्देश्य रहेकोले उक्त कार्य सम्पन्न गर्न मेरो तर्फबाट संस्थामा गर्नु पर्ने सहयोग र सद्भाव रहनुका साथै हाल संस्थाका पदाधिकारी, सदस्यहरु र शुभचिन्तक दिदीबहीनीहरु बिच आयमुलक क्रियाकलापलाई कसरी अगाडी बढाउने भन्ने बारेमा व्यापक छलफल भएको पनी श्रेष्ठले बताउनु भयो ।

यसै गरी भीमेश्वर नगरपालीका वडा नं. २ का वडाध्यक्ष विराजमान श्रेष्ठले भीमेश्वर नगरपालीका वडा न.. २ भित्र रहेका महिला दिदिबहीनीको जिवनोपार्जनदेखि आर्थिक बृद्धिको लागि शुरु गरेको यस कार्यको प्रशंसा गर्नु हुर्दै आगामी दिनमा लगनसिल भई निरन्तरता दिएको खण्डमा नगरपालीकाको मात्र नभएर सिङ्गो दोलखा जिल्लाले ख्याती कमाउने बताउनु भएको छ ।
