Search

उखान पर्दाभित्रै !

उखान पर्दाभित्रै !

बालकृष्ण श्रेष्ठ “पासा”

रचे षडयन्त्र,
भुली लोकतन्त्र,
कथे गुरुमन्त्र,
खोस्न गणतन्त्र,
रचे विघटन,
नियुक्ति संगठन,
दोहोरी प्रवचन,
लिंडे गठबन्धन,
झोले समर्थनमा..
धारे हात लगाए,
कुम हल्लाए,
उखान सुनाए,
बखान लगाए,
अन्ततोगत्वा…
शिर निहुर्याए !
बिचराहरुले..
सेना पुकारे,
मन्त्री गुहारे,
दर्बार उघारे,
साईबर दोबारे,
ड्राइभर थुपारे,
अन्ततः अाफैले
आफैलाई लोपारे !
सराप्नु सरापि,
बोलीको थेरापी,
बटुले खराबी,
खनेर खाल्डो,
अन्ततः स्वयं
पसे धरापमा !
पदको लालच,
शक्तिहिन् ताकत,
धर्मको भाकल,
कहिले शितल,
कहिले बाफल,
कहिले तराई,
कहिले पहाड,
खेल्न नजानी,
खेले दोहोरी,
कुनाकाप्चा पस्दै,
भक्तजन सोहोरी,
सोचेनन् सत्य,
न्यायको रुप,
ऐना स्वरुप ,
अन्ततः एक्लै,
हुनुपर्ने चुप !
संविधानसभा,
ठाने लोककथा,
कनिकुथी खोजी,
सुनाए व्यथा,
तथानाम बोल्ने,
समय बिथोल्ने,
आफ्नो कमजोरी,
आफैले छोप्ने,
पछाडि उभिएर,
छुरावाजी गर्ने,
दैवले पनि,
कतिमात्रै सहने,
जे पायो त्यही
नसोची बोल्ने,
भ्रष्टाचारीलाई,
लुकाउन खोज्ने,
जसरी पनि घुँडा,
टेकाउन खोज्ने,
अरुलाई मूर्ख ठान्ने,
आफूमात्रै सज्जन मान्ने,
समृद्धि ओंठमा,
दिमाग नोटमा,
यसैले होला,
अन्ततः भयो..
सत्यको जित,
अब गाउनेछन्,
विजय गीत ।

२०७७/११/११, जोरपाटी काठमाडौं ।

Written by 

Related posts

Leave a Comment