Search

दोलखामा होमस्टे (घरवास) तालिम सम्पन्न, नेवारी परिकारका साथै अन्य स्थानिय उत्पादनले आम्दानीको स्रोतमा बृद्धि हुने : नगर प्रमुख भरत बहादुर केसी

दोलखामा होमस्टे (घरवास) तालिम सम्पन्न, नेवारी परिकारका साथै अन्य स्थानिय उत्पादनले आम्दानीको स्रोतमा बृद्धि हुने : नगर प्रमुख भरत बहादुर केसी

१० फाल्गुण, बाँपीझ्याला, दोलखा । भीमेश्वर नगरपालीका चरिकोट दोलखा र दातृ संस्था फोरुट–नर्वे को वित्तिय सहयोग र ग्रामीण विकास टुकी संघ, सिविन नेपाल र कम्युनिटी रुरल डेभलपमेन्ट सोसाईटी नेपाल दोलखाको संयुक्त आयोजनामा भीमेश्वर नगरपालीका वडा न.२ चम्पूजामा होमस्टे (घरवास) तालिम सम्पन्न भएको छ । फाल्गुण ८ गतेदेखि १० गतेसम्म तिन दिन सम्म संचालन भएको उक्त तालिममा होमस्टे नेपाल एशोसिएसन नेपालका केन्द्रिय कोषाध्यक्ष सुरज वास्तोला, बागमती प्रदेश होमस्टे नेपालका अध्यक्ष विनोद हुमागाईं र प्रशिक्षक राजकुमार लामिछानेले प्रशिक्षण तथा सहजकर्ता गर्नु भएको थियो । तालिम समापन पछी प्रशिक्षार्थीहरुलाई अवलोकनको लागि घलेगाउँ, बन्दिपुर लगाएका स्थानमा यही फाल्गुण १६ देखि १९ सम्म भ्रमणको कार्यक्रम छुट्टै राखिएको सिआरडिएस नेपाल संस्थाका सदस्य ज्ञानेन्द्र प्रधानले बताउनु भयो ।

उक्त तिनदिने होमस्टे घरवास तालिमको समापन कार्यक्रममा सिआरडिएस नेपालका अध्यक्ष प्रविण प्रधानको सभापतीत्व, भीमेश्वर नगरपालीका चरिकोट दोलखाका नगरप्रमुख भरत बहादुर केसीको प्रमुख आतिथ्यमा संचालन भएको उक्त कार्यक्रममा अतिथी भीमेश्वर नगरपालीका वडा नं. २ का वडाध्यक्ष विराजमान श्रेष्ठ, होमस्टे घरवास एशोशिएसन नेपालका केन्द्रिय अध्यक्ष केशव वडाल, ग्लोवल नेप्लीज सेफ फेरेसनका महासचिव मोहन गजुरेलको उपस्थिती रहेको थियो ।

यसै गरी समापन कार्यक्रममा मन्तव्यको क्रममा, कार्यक्रमका प्रमुख अतिथी तथा भीमेश्वर नगरपालीकाका नगर प्रमुख भरत बहादुर केसीले दोलखा जिल्लाको मुटु भीमेश्वर नगरपालीका रहेकोे भीमेश्वर नगरपालीका वडा नं. १ र २ का बासिन्दा, कालिञ्चोक गाउँपालीका र विगु गाउँपालीकाका स्थानिय वासिन्दाहरु समेत गरी यस होमस्टे घरवास तालिममा ३६ जना सहभागी भएको र उक्त तालिममा भीमेश्वर नगरपालीकाले पनी केही सहयोग गर्न पाएकोमा खुसी व्यक्त भयो । साथै तालिम हासिल गरी सकेपछी आउने पर्यटनहरुको लागि होमस्टे संचालनबाट सुविधा पाउने कुराका विश्वास रहेको भनाई राख्नु भयो ।

भौगोलिक रुपले कालिञ्चोक गाउँपालीका र विगु गाउँपालिकाको आफ्नै विशेषता रहेको र विशेष गरी दोलखा जिल्लाको मुटुको रुपमा रहेको भीमेश्वर नगरपालीका भित्र रहेको दोलखा शहरका नेवार बासिन्दाहरुको लागि नेवारी परिकारका साथै अन्य स्थानिय उत्पादनले आम्दानीको स्रोतमा बृद्धि हुनेमा विश्वस्त रहेको बताउनु भयो ।

यस तालिममा सहयोग गर्ने दातृ संस्था फोरुट नर्वे, आयोजक संस्थाहरु ग्रामीण विकास टुकी संघ, सिविन नेपाल र कम्यूनिटी रुरल डेभलेपमेन्ट सोसाईटी नेपाललाई धन्यवाद व्यक्त गर्दै आगामी दिनहरुमा पनी यी संस्थाहरुको भीमेश्वर नगरपालीका एवं दोलखा जिल्लामा निरन्तर सहयोग हुने कुरामा आफु विश्वस्थ रहेको भनाई राख्नु भयो ।

यसै गरी मन्तव्य दिनेमा होमस्टे घरवास एशोशिएसनका केन्द्रिय अध्यक्ष केशव वडालले होमस्टेको विकास गर्न सकेमा यसले स्वरोजगार बनाउन सहयोग पुग्नेमा आफु विस्वस्त रहेको बताउनु भयो ।

उक्त तालिममा सहभागी हुनेहरुलाई प्रमुख अतिथी तथा नगर प्रमुख भरतबहादुर केसीले प्रमाण पत्र वितरण गर्नु भएको थियो ।


यसै गरी सिआरडिएसका अध्यक्ष तथा कार्यक्रमका सभापती प्रविण प्रधानले तालिममा सहभागीहरुले आफुले हासिल गरेर गएको सिपलाई व्यवहारीक रुपमा प्रयोग गर्ने र उक्त प्रयोग र गराईले आगन्तुक आन्तरीक तथा बाह्य पर्यटकलाई सुविधा हुने कुरामा सहयोग पुग्नेका विश्वास व्यक्त गर्नु हुर्दै यस तालिमको लागि आर्थीक सहयोग गर्ने फोरुट नर्वे, भीमेश्वर नगरपालीका र आयोजकमा समावेश गरी सहकार्य गर्न सहयोग गर्ने ग्रामीण विकास टुकी संघ, सिविन नेपाललाई हार्दिक आभार व्यक्त गर्नु हुर्दै आगामी दिनहरुमा पनी दोलखा जिल्लाको विकास निर्माणको क्रियाकलापमा यसै गरी सहकार्य गरी अगाडी जान पाउनेमा विश्वासका आशा रहको भनाई राख्नु भयो ।

तालिममा सहभागी सहभागीहरुले सिकेको सिप, दक्षताको पूर्णरुपमा प्रयोगमा गरी आर्य आर्जनको एक स्रोतको रुपमा सहयोग गर्न यस तालिमले मद्धत गर्ने भएकोले सोही अनुसार प्रयोग हुने कुरामा विश्वास रहेको भनाई राख्नु भयो । अन्तमा, उपस्थित सवैमा हार्दिक आभार व्यक्त गर्दै तिन दिनसम्म तालिममा सहभागीभई सहकार्य गर्ने केन्द्रीय होमस्टे एशोसिएशनका प्रशिक्षणहरुलाई लगाएत सम्पूर्णमा धन्यवाद ज्ञापन गर्नु भयो । कार्यक्रम उपेन्द्र प्रधानले संचालन गर्नु भएको थियो ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!