Search

दोलखामा होमस्टे (घरवास) अभिमुखिकरण तालिम

दोलखामा होमस्टे (घरवास) अभिमुखिकरण तालिम

८ फाल्गुण, बाँपीझ्याला, दोलखा । भीमेश्वर नगरपालीका चरिकोट दोलखा र दातृ संस्था फोरुट–नर्वे को वित्तिय सहयोग र ग्रामीण विकास टुकी संघ, सिविन नेपाल र कम्युनिटी रुरल डेभलपमेन्ट सोसाईटी नेपाल दोलखाको संयुक्त आयोजनामा भीमेश्वर नगरपालीका वडा न..२ चम्पूजामा होमस्टे (घरवास) तालिम संचालन भएको छ । आज फाल्गुण ८ गतेदेखि १० गतेसम्म तिन संचालन हुने उक्त तालिमलाई होमस्टे नेपाल एशोसिएसन नेपालका केन्द्रिय कोषाध्यक्ष सुरज वास्तोला, बागमती प्रदेश होमस्टे नेपालका अध्यक्ष विनोद हुमागाईं र प्रशिक्षक राजकुमार लामिछानेले प्रशिक्षण तथा सहजकर्ता गर्नु हुने र तालिम समापन पछी प्रशिक्षार्थीहरुलाई अवलोकनको लागि घलेगाउँ, बन्दिपुर लगाएका स्थानमा भ्रमणको कार्यक्रम छुट्टै राखिएको सिआरडिएस नेपाल संस्थाका सदस्य ज्ञानेन्द्र प्रधानले बताउनु भयो ।


सिआरडिएस नेपालका अध्यक्ष प्रविण प्रधानको सभापतीत्व, भीमेश्वर नगरपालीका चरिकोट दोलखाका नगरप्रमुख भरत बहादुर केसीको प्रमुख आतिथ्यमा संचालन भएको उक्त कार्यक्रममा विशेष अतिथी भीेमेश्वर नगरपालीका उपप्रमुख कमला बस्नेत, अतिथी भीमेश्वर नगरपालीका वडा नं. २ का वडाध्यक्ष विराजमान श्रेष्ठ, अतिथी नसस चरित्रकृष्ण जोशी, अतिथी राजकुलेश्वर आधारभुत विद्यालयका संचालक समितीका अध्यक्ष हर्क बहादुर श्रेष्ठ लगाएत आमन्त्रीत अन्य महानुभावहरुको उपस्थिती रहेको थियो ।

आयोजक संस्थाको तर्फबाट ग्रामीण विकास टुकी संघ दोलखाका कार्यकारी निर्देशक पुर्षार्थ श्रेष्ठ, बडा लेखापाल मुकुन्द दाहाल, फिल्ड संयोजक रामचन्द्र श्रेष्ठको उपस्थिीती रहेको थियो । यसै गरी सिआरडिएस नेपालको तर्फबाट अध्यक्ष प्रविण प्रधान, उपाध्यक्ष गोपाल प्रधान, कोषाध्यक्ष उपेन्द्र प्रधान र सदस्य ज्ञानेन्द्र प्रधानको उपस्थिती रहेको थियो ।


यसै गरी शुभकामना मन्तव्यको क्रममा यस कार्यक्रमका प्रमुख अतिथी तथा भीमेश्वर नगरपालीकाका नगर प्रमुख भरत बहादुर केसीले दोलखा जिल्लाको मुटु भीमेश्वर नगरपालीका रहेको र उक्त नगरपालीका भित्र प्रख्यात दोलखा भीमेश्वर लगाएत विभिन्न मठ–मन्दिर, चाडपर्व, रितिथिती, नेवारी भाषा, संस्कृती, परम्परा र सम्पदा रहेको छ । भीमेश्वर नगरपालीका वडा नं. १ सुस्पा थामी जातीको उद्गम थलो रहेको र उनीहरुको आफ्नै छुट्टै पहिचान भएको संग्राहलय निर्माणधिन अवस्थामा रहेकोले यसको अवलोकनको लागि आन्तरीक तथा बाह्य पर्यटनहरु आउने भएकोले भीमेश्वर नगरपालीका वडा नं. १ र २ का बासिन्दा र कालिञ्चोक गाउँपालीका र विगु गाउँपालीकाका स्थानिय वासिन्दाहरुलाई यस होमस्टे घरवास तालिममा सहभागी गराईएको भनाई राख्नु भयो । यसरी तालिम हासिल गरी सकेपछी आउने पर्यटनहरुको लागि होमस्टे संचालनबाट सुविधा पाउने कुराका विश्वास रहेको भनाई राख्नु भयो ।

यसै गरी उपमेयर कमला बस्नेतले नेवार जातीको नेवारी परिकार, नेवार, थामि तमाङ र शेर्पा जातीहरुको आ–आफ्नै रहन सहन परम्परा रहेकोले यस होमस्टे घरवास तालिम महत्वपूर्ण रहेको भनाई राख्नु भयो । यसै गरी वडाध्यक्ष विराजमान श्रेष्ठले नेवारी परम्परा, भाषा, संस्कृती र चाडपर्व ने नेपालको पहिचान भएकोले यसको संरक्षण गर्नु हामी सवैको दायित्व र जिम्मेवारी भएको भनाई राख्नु हुदै यस होमस्टे कार्यक्रमले उक्त कार्यलाई प्रर्बद्धन गर्न सहयोग गर्ने भनाई राख्नु भयो । यसै गरी नेवारी परिकार, स्थानिय उत्पादनलाई समेत यस कार्यक्रमले सहयोग गर्ने कुरामा विश्वस्त रहेको भनाई राख्नु भएको थियो ।


ग्रामीण विकास टुकी संघ दोलखा कार्यकारी निर्देशक पुर्षार्थ श्रेष्ठले प्रमुख अतिथी, अतिथी र सहभागीहरुलाई स्वागत मन्तव्यबाट स्वागत गर्नु हुर्दै होमस्टे कार्यक्रम माथी प्रकाश पार्नु भएको थियो । यसै सिआरडिएसका अध्यक्ष तथा कार्यक्रमका सभापती प्रविण प्रधानले उपस्थित सवैमा हार्दिक आभार व्यक्त गर्दै उपस्थित सम्पुर्णमा धन्यवाद ज्ञापन सहित कार्यक्रम समापन गर्नु भयो । कार्यक्रम उपेन्द्र प्रधानले संचालन गर्नु भएको थियो ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!