बाँपीझ्याला, दैलेख – जिल्लाको पश्चिममा पर्ने आठबीस नगरपालिका–६ सिंहासैनमा रहेको कालिका माध्यमिक विद्यालयका एक जना विद्यार्थीलाई राष्ट्रिय परीक्षा बोर्डले कारवाही गरेको छ ।
२०७७ साल मंसिरमा सञ्चालित कक्षा १२ को परीक्षामा सहभागी रहेका विद्यार्थी रोसनकुमार शाहीले परीक्षाको मर्यादा विपरित परीक्षाको समयमा भए गरेका कार्यलाई टिकटक बनाई सामाजिक सञ्जालमा राखेको हुनाले परीक्षा रद्ध गर्दै उनलाई परीक्षा बोर्डले कारवाही गरेको हो।
यस्तै विद्यालयमा निरीक्षकको रुपमा खटिएका शिक्षक कमलबहादुर शाही र केन्द्राध्यक्ष चक्रबहादुर शाहीलाई पनि परीक्षा बोर्डले तिन वर्षसम्म कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरि विभागीय कारवाही गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सिफारिस गरेको छ।