Search

बागमती प्रदेशको प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित

बागमती प्रदेशको प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित

०५ फाल्गुन, बाँपीझ्याला, काठमाडौं । आज बुधवारका लागि तोकिएको बागमती प्रदेश सभाको प्रदेश सभाको बैठक स्थगित भएको छ। आज बिहानै प्रदेश सभा सचिव कृष्ण हरि खड्काले सूचना जारी गर्दै बैठक स्थगित भएको जनाएको हो। बैठक अर्को सूचना जारी नभए सम्मका लागि स्थगित भएको हो। मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव पेस गरिएपछि वागमती प्रदेशसभाको बैठक अन्यौलपूर्ण बनेको छ ।

बुधबार दिउँसो २ बजेका लागि तय गरिएको बैठक बिहान ६ः३७ बजे सूचना टाँस गरेर अनिश्चितकालसम्म स्थगित गरिएको प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयालले जानकारी दिएका छन् । उनका अनुसार हिजो राति अबेरसम्म प्रदेशसभा कसरी अगाडि बढाउने भनेर सघन छलफल भएको थियो । तर, सहमति जुट्न नसकेपछि बैठक निष्कर्षविहीन बनेको थिय ।

ठोस सहमति जुट्न नसकेको अवस्थामा सदन चलाउँदा झन् अन्यौलता र गतिरोध देखापर्ने भन्दै राजनीतिक सहमति जुटाउन सभामुखको अधिकार प्रयोग गरेर प्रदेशसभाको बैठक स्थगित गरिएको उनी बताउँछन् ।

“हिजो बेलुका सभामुखले अष्टलक्ष्मी शाक्य, शालिकराम जम्कट्टेल, रामेश्वर फुयाल, केशव पाण्डे, राजेन्द्र पाण्डे, प्रतिपक्षी दलका नेता इन्द्र बानियाँबीच छलफल चलाउनुभयो । मतदानसम्बन्धी कार्यविधि बनाउन गठन गरिएको छिरिङदोर्जे लामा संयोजक राजेन्द्र पाण्डे, केशव पाण्डेलगायत सदस्य रहेको कार्यदलले प्रतिवेदन बुझाइ नसकेको र राजनीतिक समझदारीका साथ प्रदेशसभा अगाडि बढाउन के गर्न सकिन्छ भनेर छलफल भएको थियो,” उनले भने, “तर कुनै सहमति जुट्न सकेन ।”

पार्टी विभाजन नभएको र अनुशासनका पनि केही प्रश्न रहेकाले अहिले नै सभा सञ्चालन गर्न वाञ्छनीय नदेखिएको फुयालले बताए । वागमती प्रदेशका सन्दर्भमा कांग्रेस पनि निष्कर्षमा पुग्न नसकेको फुयालको भनाइ छ । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबारलाई तय गरिएको छ । यस बैठकले प्रदेश एक र वागमती प्रदेशका सन्दर्भमा निर्णय गर्ने सम्भावना रहेकाले त्यसअघि नै बैठक नचलाउन उसले पनि माग गरेको फुयालको भनाइ छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment