Search

दिवंगत नातिनीको सम्झनामा बरिष्ठ ईन्जिनियर तथा समाजसेवी आत्माकृष्ण श्रेष्ठले पुस्तकालय निर्माण गरिदिए

दिवंगत नातिनीको सम्झनामा बरिष्ठ ईन्जिनियर तथा समाजसेवी आत्माकृष्ण श्रेष्ठले पुस्तकालय निर्माण गरिदिए
स्वर्गिय सानरा श्रेष्ठ

फागुन ४ , बाँपीझ्याला, काठमाण्डौं । समाजसेवीको रुपमा सुपरिचित बरिष्ठ इ.आत्माकृष्ण श्रेष्ठको सहयोगमा निर्मित सानरा स्मृति पुस्तकालयको एक समारोहका बीच उदघाटन सम्पन्न भयो । भीमेश्वर नगरपालिका २ दोलखा घर भई हाल काठमाडौको बालाजुमा निवास गरिरहनु भएका समाजसेवी श्रेष्ठलेकाठमाडौ महानगरपालिका १६ बालाजुटारमा संचालनमा रहेको जन जागृति ज्ञान रश्मि माविमा केही बर्ष अघि दिबंगत भएकी आफना अढाई बर्पकी नातिनी सानरा श्रेष्ठको सम्झनामा आफनै निजी खर्चमा उक्त पुस्तकालय निर्माण गरी बसन्त पन्चमी अवसरमा आयोजित एक कार्यक्रममा सानरा स्मृति पुस्तकालय उदघाटन गरी विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरि दिनु भयो ।


उक्त अवसरमा आफनो मन्तव्य राख्दै समाजसेवी श्रेष्ठले कुनैपनि शिक्षण संस्था पुस्तकालय विना पठन पाठन पूर्ण हुदैन भन्नु हुदै यस विद्यालयमा पुस्तकालय नभएकोले पुस्तकालय बनाइदिने बिचार गरको यसका लागि २०७६ सालमा विद्यालयबाट अनुमति पाएको जानकारी दिनु हुदै यस पुस्तकालय कक्षको संरचना निर्माणका क्रममा फर्निचर र पुस्तक समेत सबै गरी करिब ८ लाख खर्च भएको जानकारी दिनु भयो ।

कार्यक्रमको शुरुमा विद्यालय पढने विद्यार्थीहरुको पठन पाठनमा विशेष मेहनत गर्ने शिक्षक शिक्षिका मनोबल बढाउन एक अक्षयकोष स्थापना गरिएकोमा समाजसेवी आत्माकृष्ण श्रेष्ठ र उनकी धर्मपत्नी रुपा श्रेष्ठलाई विद्यालय व्यवस्थापनको तर्फवाट दोसल्ला ओढाएर सम्मानित गरिएको थियो । सोहि कार्यक्रममा श्रेष्ठका हाल अमेरिका निवासी भान्जा रोचक प्रधानबाट पुस्तकालयको लागि रु १५०००। नगद र छोरी रुषा श्रेष्ठबाट एक बर्षको लागि कान्तिपुर दैनिक पत्रिका सहयोग स्वरुप उपलव्ध गराउने घोषणा समेत गर्नुभयो ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!