Search

श्री स्वस्थानी ब्रत कथा

श्री स्वस्थानी ब्रत कथा

हिन्दु धर्मालम्बी रहेको तथ्यले यस समाजमा यो धर्म प्रति तथा यसमा निहित रिति रिवाज र परम्पराको आफ्नै छुटै स्थान र महिमा रहेको छ भन्ने पुष्टी हुन आउ“छ । बिभिन्न समयमा बिभिन्न स्थानमा बिभिन्न देवदेविको पूजाआजा गर्ने परम्परा नेपाली हिन्दु समाजमा व्यापक रहेको छ । यस्तै बिभिन्न परम्पराहरु मध्य नेपाली हिन्दु समाजमा छुटै किसिमको महत्व बोकेको एक परम्परा पवित्र हिन्दु धर्मगं्रन्थ स्वस्थानीको कथा वाचन र श्रवण पनि एक हो ।


पौष शुक्ल पूर्णिमा अर्थात “मिला पुन्ही” देखि शुरुवात गरेर माघ पूर्णिमा अथार्त सि–पुन्हीको दिनमा अन्त गरिने यस परम्परामा श्री स्वस्थानी माता (जो माता पार्वतीको अनेक रुपहरु मध्य एकको रुपमा बिश्वास गरिन्छ) को पूजा आजा गरिन्छ । यसै सिलसिलामा काठमाडौं देखि २० कि. मि. पर रहेको सा“खुमा अवस्थित सालीनदि किनारामा गई एक महिनासम्म भगवान शिब, पार्वती तथा माता स्वस्थानीको पूजा आजा गरि तथा बाचन र श्रवण गर्ने परम्परा रहेको छ ।

साथै नेपाली हिन्दु समाजमा प्रायः जसो घरमा श्री स्वस्थानी ब्रत कथाको वाचन तथा श्रवण गर्ने परम्परा ब्याप्त रहेको छ । यस कथाको वाचन तथा श्रवणले नेपाली घरहरुलाई प्रेत आत्मा तथा अशुभ बस्तुहरुबाट टाढा राख्न मद्धत पु¥याउ“छ भन्ने जन बिश्वास नेपाली घरहरुमा रहेको पाइन्छ ।
यसरी वाचन गरिने स्वस्थानी ब्रत कथाको प्रत्येक दिन न्युनतममा एक खण्ड र अधिकतममा रुची अनुसारको खण्डको वाचन गरी एक महिना भित्र न्युनतममा एक पटक पूर्ण रुपमा सो कथाको वाचन गर्ने परम्परा रहेको देखिन्छ । सो कार्य गर्नु पूर्व वाचकद्धारा सो ग्रन्थको सानो पूजा गरिन्छ । र पूजा पश्चात श्रोताहरु (जो घरका अरु सदस्य तथा छिमेकी ) लाई घरमा भुटेको मकै, भटमास, बदाम तथा मिठाई एवं अन्य परिकार प्रसादको रुपमा प्रदान गरि त्यस दिनको कथा वाचन समाप्त गर्ने प्रचलन रहेको छ ।


नेपाली संस्करण अनुसार श्री स्वस्थानी ब्रत कथा संसारमा बिभिन्न लोकहरु जस्तै पृथ्वी लोक (मत्र्य लोक) स्वर्गलोक, पाताललोक तथा त्यसका बासिन्दाहरु जस्तै देब देबी, मानव, राक्षश, नाग, असुर, पशु पंक्षी एवं अन्य जनावर तथा बनस्पतिको श्रृष्ती पश्चात एक पक्षले अर्को पक्षलाई गर्ने हेला, अपमान, धोका, गाली, बेइज्जति एवं तत्पश्चात त्यसको असर र असर न्युनिकरण गर्न कति सम्मको पिडादायी मुल्य चुकाउनु पर्दो रहेछ भन्ने सेरोफेरोमा घुमेको देखिन्छ ।

कथाले संसार एवं त्यसका बासिन्दाको ब्रम्हाबाट श्रृष्ती भए पश्चात दक्ष प्रजातिको अहंकार अभिमान र घमण्डले चुकाउनु परेको मुल्यको बारेमा साथै चन्द्रावतिको अहंकारले निम्त्याएको काल खण्डको बारेमा बिस्तृत रुपमा जानकारी गराई समाजमा एकताबद्ध भएर रहन सामाजिक मान मर्यादामा खलल नपु¥याउन सबै पक्षले आ–आफ्नो स्थानबाट एकले अर्कोको महत्व र आवश्यतालाई आत्मसाथ गर्दै सबैको स्वतन्त्र हुने अधिकार एर्व स्वाभीमानी विचार तथा स्थान र परिस्थिति अनुसारको मर्यादामा खलल पु¥याउन नहुने र सो भएको खण्डमा त्यसको दुरगामी नकारात्मक असर पर्न सक्ने र सो बाट उन्मुक्ति सरल नहुने कुरालाई जाहेर गर्न खोजेको देखिन्छ ।


श्री स्वस्थानी ब्रत कथा अनुसार यसका प्रमुख पात्र शिब हुन । जो दक्ष प्रजापतिको छोरी सतिदेबिलाई चाहन्थ्यो र आफ्नो धर्मपत्नी बनाउन चाह“दा दक्ष प्रजापतिद्धारा चरम बेइज्जति सहितको इन्कार पाउ“थ्यो र बिष्णु र इन्द्र एवं अन्य देव देबिको आग्रह र चातुर्यद्धारा शिबले सतिदेबिलाई धर्म पत्नीको रुपमा प्राप्त गर्न पुग्छन् । तर मनमा रहेको द्धैषको अन्त नभएकोले दक्षप्रजापति द्धारा शिवको निरन्तर गाली बेइज्जति र अपमान हुन पुग्छ जसको कारणबाट सतिदेविले आत्मदह गर्न विवश हुन्छिन र जसको फलस्वरुप अहंकार युक्त दक्ष प्रजापति बोकाको शिर लाउन बाध्य हुन्छ ।

आत्मदहको पिडाले रन्थनियर शिव सतिदेविको लाश पागल सरि बोकी यता उता भौतारिन पुग्छ र सांसारिक गतिविधिमा असमान्जस्यताको स्थिति देखापर्छ । यस प्रकार एकको अहंकार, घमण्ड र अभिमानले सारा संसारले त्यसको असर भोग्नु परेको कथा यस कथामा देखाउन खोजिएको छ । तत् पश्चात मृत्यु वरण गरि सकेकी सतिदेवि र शिवको पूर्नमिलन सतिदेविको पार्वतीको रुपमा पूर्नजन्म प्राप्त गरेपछि हुन्छ । शिवलाई पतिको रुपमा प्राप्त गर्न पार्वतीद्वारा गरिएको त्याग तपस्या र मेहनतलाई उजागर गरेर यस कथाले सबै माझ सफलता हात पाउन मेहनत, त्याग, तपस्या अनिवार्य छ र सोही पथमा सम्पूर्ण जगत हिंड्न आवश्यक छ भन्ने सन्देश प्रदान गर्न खोजेको देखिन्छ । त्यसै गरि शिव र पार्वतीको दुई छोरा कुमार र गणेश हुन्छन ।

दुवै आ–आफ्नो क्षेत्रमा प्रसिद्वि कमाएका र बिभिन्न गुणले युक्त हुन्छन । दुई बिच को ठूलो र संसारमा पूजा शुरु गर्दा को बाट गर्ने भन्ने होड बाजी चल्दा गणेश को बुद्धि, विवेक, श्रृजनशिलता र सालिनताले गर्दा बाजी उसैले मार्न पुग्छ र संसारमा प्रथम पुज्य देवको रुपमा गनिन पुग्छ । यस सन्दर्भमा कथाले बल साथ साथै बुद्धि बिबेकको उचित समयमा उचित तरिकाले प्रयोग गर्ने हो भने जस्तै परिस्थिति पनि सहज र सरल तरिकाबाट पार लगाउन सकिन्छ साथै सफल हुन सकिन्छ भन्ने सन्देश दिन खोजेको देखिन्छ ।


कथाको अर्को पाटोमा गणेश भक्त, शिव भक्त, ब्राम्हण र सोको परिवारको बारेमा उल्लेख गरेको देखिन्छ । शिवभक्त ब्राम्हण गरिब र सन्तान बिहिन हुन्छ । गणेशको भक्ति आराधनाबाट धन, एैश आरामका साथै सुन्दर छोरी गोमा प्राप्त हुन्छ र पछि यहि ऐश आराम र रवाफमा भुल्दा सबै गुमाउनु परेको र छोरी समेत पनि एक ७० वर्षको बुढो स“ग बिवाह गरिदिनु परेको देखाउन खोजेको छ ।

यसरी सफलता प्राप्त हु“दैमा आफ्नो अतित बिर्सन नहुने र जग र संसारको अहितको मनसाय ल्याउन नहुने जसले गर्दा आफु मात्र नभई आफ्ना सन्ततिले सम्म पनि नरकिय जिवन जीउन बाध्य हुनुपर्ने सन्देश सानो उमेरमै रोगी र गरिब बुढो स“ग गोमाको बिहे हुनु, बाल्य अवस्थामा नै बिधवा हुनु र बडो दुःख कष्ट साथ उसको छोरा नवराजको लागि पल पल दुःख कष्ट सहेर बा“च्नु परेको दृष्यले दिन खोजेको देखिन्छ । गोमाको दुःख को अन्त उ द्धारा स्वयं रात दिन नभनि भगवान प्रति गरिएको अपार श्रद्धा र भक्ति भावले मात्र सम्भव हुन्छ र छोरा नवराज हातिद्धारा माला लगाइ दिएर राजा चुनिन पुग्छ । आफ्नो पति राजा भएको र आफु रानी भएको उमंग र उल्लासमा आफूले गर्नेपर्ने कर्तव्यहरुलाई बिर्सेर आफु भन्दा तल्लो तहका ब्यक्तिहरुलाई चन्द्रावतिले अपमान गर्न पुग्छीन ।

भगवानलाई वेवास्ता गर्न पुग्छीन र पतिलाई भेट्ने आतुरिमा मानवमा हुनुपर्ने साधारण भन्दा साधारण गुणलाई समेत बिर्सिदा एक पत्थरमा परिणत हुन पुग्छीन । यसरी खुशी र सफलतामा भुलेर आफ्नो दायीत्व र कर्तव्य भुल्दा कस्तो सम्म हुन पुग्दो रहेछ भन्ने सन्देश चन्द्रावती शिलामा परिणत भएको र पुन ः मानव रुपमा फर्किन गर्नु परेको कडा त्याग तपस्याले जस्तौ सुकै परिस्थितिमा पनि दायित्व साथमा लिएर हिड्नु पर्ने तर्क यस कथाले अगाडि सारेको देखिन्छ ।

यसरी बिभिन्न घटना क्रमहरु त्यसको असर बारे चित्रण गरेको श्री स्वस्थानी ब्रत कथाले मानव भएर जन्मे पछि मानविय गुण सबैमा हुनु पर्ने आफ्नो कर्तव्यलाई भुल्न नहुने अभिमानी , घमण्डी तथा अहंकारी हुन नहुने सबैले सबैको मान सम्मान गर्नुपर्ने जस्ता लोक कल्याणकारी सन्देश दिन खोजेको देखिन्छ । साथै यस कथाले यस कथामा वर्णन गरिएका पात्रहरु पार्वति, गोमा, चन्द्रावति लगायतका ब्यक्तिहरुले आफु सफल हुनको लागि या भनौं समृढी हासिलको लागी श्री स्वस्थानी माताको कठोर तपस्या र पुजा आजा गरेको तथ्यले श्री स्वस्थानी माता प्रति शुद्ध मनले अपार भक्ति भाव गर्नाले सफल हुन सकिन्छ र पाउने फल सदा हितको लागी हुनेछ भन्ने सन्देश दिदै श्री स्वस्थानी माताको पुजा आजातिर लाग्न प्रेरणा प्रदान गरेको देखिन्छ ।


यहि प्रेरणा अनुसार नेपाली हिन्दु समाजका महिलाहरुमा सो ब्रत कथा वाचन र श्रवण गर्ने समय ( एक महिना ) मा ब्रत बसी माता स्वस्थानीको पुजा आजा गरेमा शिव जस्तै पति पाउने, जिवनमा सफलता प्राप्त गर्न तथा समृद्धी हासिल गर्न सकिने र सौभाग्यसाली भइने जन बिश्वास व्याप्त रहेको छ । यस एक महिनाको दौरान कथामा उल्लेख भएको स्थान सालिनदीमा उपत्यकाका एवं देशको बिभिन्न भागबाट आउने दर्शनार्थीको घु“इचो लाग्छ । यस समयमा धर्म प्रति आस्थावान हिन्दु महिलाहरु सोही स्थानमा रहि बिभिन्न विधि र प्रक्रिया अनुसार दैनिक माता स्वस्थानी , शिव , पार्वती एवं चन्द्रावती तथा अन्य देव देविको पुजा गर्ने परम्परा रहि आएको छ ।

इच्छुक महिलाहरु सो स्थानमा दैनिक ब्रत वस्ने गरेको पाइन्छ । ब्रतको समयमा पाइने कष्टलाई धर्म प्रतिको आस्थाले मेट्दै दु ः ख ः लाई हा“सी खुशी सहजताका साथ मोक्ष प्राप्तीको आशामा माता स्वस्थानीको पुजा आजामा लिन हुन नेपाली हिन्दु महिलाहरु लागी परेको देखिन्छ । सौभाग्यसाली भईने, असल पति पाइने, गणेश र कुमार जस्तै पुत्र पाइने या भनौ मोक्ष प्राप्त गर्न अग्रसर महिलाहरु त्यस स्थानमा गठन गरिएको ब्रत व्यवस्थापन समितिमा अग्रीम जानकारी गराइ नाम टिपाइ ब्रत वस्ने परम्परा रहेको छ । ब्रत अवधि भर सो स्थानमा बास बसी , आफ्नो लागी खाना आफै तयार गरि , खानामा नुन बेगरको खाना जस्तै केराउ, रातो मूला, घ्यू, चाकु , लप्सी, उखु , सुन्तला, दूध एवं पाटनमा उव्जाएको पालु“गो सागको सेवन गरि एक महिना भरि रातो मात्र वस्त्र धारण गरि नियमित सबेरै स्नान गरि चोखिइ जुत्ता तथा चप्पलको प्रयोगमा बजिर्त भइ परदेश जाने नाममा बिभिन्न तिथि मितिमा सो क्षेत्र नजिकको तिर्थ स्थल जस्तै पशुपति फर्पिङ्ग पनौति एवं चा“गु नारायण पैदलै हि“डी कठोर रुपमा माता स्वस्थानीको आराधानामा लिन हुन प्रयासरत देखिन्छ ।

यसै क्रममा परदेश हिड्दा औंशीको एक दिन अगाडी पशुपति पुगेर भोली पल्ट पुजा आजा गरि भोलि पल्ट फर्पिङ्गको बिसंखु नारायण पुगी भोली पल्ट सो क्षेत्रको घाटमा गइ पुजा आजा गरि सालिनदी फर्किने त्यसै गरि श्री पञ्चमीको ३ दिन अघि अर्थात द्धितियामा पनौतिको दोभान घाट पुगि तृतियाको दिन पुजा गरि फेरि सालिनदी फर्किने एवं भिम एकादशीको दिन चा“गु नारायण पुगी भोलि पल्ट पुजा गरेर फेरी सालीनदीमा नै फर्केर पून ः माता स्वस्थानीको कथा वाचन श्रवण तथा पुजा आजामा लिन हुने परम्परा रहेको देखिन्छ ।

यस क्रममा बिभिन्न रित र नियम पूर्वक ब्रत बस्नाले र पुजा आजा गर्नाले शिव पार्वतीको तथा माता स्वस्थानीको कृपा प्राप्त हुन्छ भन्ने जनविश्वास रहि आएको छ । यस प्रकार ब्रतको अन्तिम दिन अर्थात सि पून्हीको दिन सम्पूर्ण ब्रतालु महिलाहरु शुद्ध भइ दिनभर निराहार बस्ने सा“झ पख माता स्वस्थानीको पुजा आजा गरि ब्रत तोड्ने कार्य गर्छन् । सो दिन पुजाको प्रसाद स्वरुप १०८ वटा विशेष प्रकारको रोति अछैता तयार गरि आफ्नो श्रीमानलाई दिने, श्रीमान नभए पुत्र, पुत्र नभए नजिकको साथीको पुत्र त्यो पनि नभए नदीमा बगाइ ब्रतलाइ पूर्णता प्रदान गर्ने प्रचलन रहेको छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment