Search

सामाजिक सुरक्षा कोषको कार्यविधिमा संशोधन, के छ नयाँ ब्यवस्थामा ?

सामाजिक सुरक्षा कोषको कार्यविधिमा संशोधन, के छ नयाँ ब्यवस्थामा ?

बाँपीझ्याला, काठमाण्डौं । सामाजिक सुरक्षा कोषको कार्यविधि संशोधन गरिएको छ। कोषका औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, वृद्ध अवस्था सुरक्षा योजना र अवकाश सुविधा योजना संचालनमा छन्।

वृद्ध अवस्था सुरक्षा योजनाअन्तर्गत जम्मा हुने योगदानकर्ताको आधारभूत पारिश्रमिकको २८।३३ रकमलाई निवृत्तभरण योजनामा २० र अवकास सुविधा योजनामा ८।३३ प्रतिशत जम्मा हुने व्यवस्था गरिएको छ।

निवृत्तभरण योजनामा जम्मा भएको कुल रकमलाई १६० ले भाग गरी मासिक रुपमा निवृत्तभरण दिने व्यवस्था गरिएको छ।

यसअघिको व्यवस्थामा १८० ले भाग गरेर दिने व्यवस्था उल्लेख थियो। यसले मासिक निवृत्तभरण रकम बढ्न जानेछ।

त्यस्तै अवकाश सुविधा योजनामा जम्मा भएको रकम अवकाश हुँदा वा जागिरबाट अलग हुँदा निकाल्न पाउने वा जागिरमै हुँदा ८० प्रतिशतसम्म विशेष सापटीको रुपमा प्रदान गर्न सकिने व्यवस्था मिलाइएको छ।

Written by 

Related posts

Leave a Comment