Search

प्रधानमन्त्री ओलीद्वारा इटालीका नवनियुक्त प्रधानमन्त्रीलाई बधाई

प्रधानमन्त्री ओलीद्वारा इटालीका नवनियुक्त प्रधानमन्त्रीलाई बधाई

बाँपीझ्याला, एजेन्सी । प्रधानमन्त्री केपी शर्मा ओलीले इटालीको प्रधानमन्त्रीमा नियुक्त भएका मारियो ड्राघीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् । प्रधानमन्त्री ओलीले आज इटालीका आफ्ना समकक्षीलाई एक शुभकामना सन्देश पठाउँदै त्यहाँका जनताको शान्ति र समृद्धिको कामना गरेका हुन् ।

प्रधानमन्त्रीले दुई देशका बीचमा लामो समयदेखि रहेको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा थप विस्तार हुने विश्वास व्यक्त गरेका छन् । उनले इटालीका प्रधानमन्त्रीसँग नजिक रहेर आगामी दिनमा उत्पादनमूलक क्षेत्रहरु जस्तै व्यापार र लगानीका क्षेत्रमा काम गर्ने र जनस्तरको सम्बन्धलाई थप सुदृढ गर्ने बताउनुभएको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!