Search

फिल्म ‘आमा कहाँ खोजुँ ?’ को ट्रेलर सार्वजनिक

फिल्म ‘आमा कहाँ खोजुँ ?’ को ट्रेलर सार्वजनिक

बाँपीझ्याला, काठमाण्डौं । म्युजिकल फिल्म ‘आमा कहाँ खोजुँ ? को ट्रेलर सार्वजनिक भएको छ । नेरिस्का स्थापित, रवि मैनाली, सारिका ढकाल र श्रृष्टि थापामगरको अभिनय रहेको फिल्मले अनाथ आश्रममा हुर्किरहेकी एक बालिकाले जन्मदिने आमाका खोजी गरेको कथा उठाएको छ ।

फिल्मले अभावमा हुर्किरहेका बालबालिकाको लुकेका पीडाहरु, बनावटी खुशीहरु, आघातित बालमनोविज्ञान र जीवनमा आमाको महत्व प्रकाश पार्न खोजेको छ । अशोक थापा मगरको निर्देशन रहेको फिल्ममा गीत तथा संगीत समेत उनकै रहेको छ । दीपक बज्राचार्यको छायाँकन रहेको फिल्मको निर्माता टेकबहादुर थापा र राजु थापा हुन् ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment