Search

नेपाली काँग्रेस दोलखाले प्रतिनिधी सभा बिघटन विरुद्ध विरोध प्रर्दशन

नेपाली काँग्रेस दोलखाले प्रतिनिधी सभा बिघटन विरुद्ध विरोध प्रर्दशन


अजय प्रधान,
३ माघ, बाँपीझ्याला, दोलखा ।
प्रतिनिधिसभा विघटनविरूद्ध नेपाली कांग्रेस दोलखाले सदरमुकाम चरिकोटमा विरोध प्रदर्शन गरेको छ । प्रतिनिधिसभा विघटन गरिएको एक सातापछि पुस १३ बाट चरण बद्धरुपमा आन्दोलित दोलखा कांग्रेसले आज जिल्ला कार्यसमितिहरुको आयोजनामा सदरमुकाम चरिकोटकोमा विरोध प्रदर्शन गरेको छ । संसद विघटनलाई असंवैधानिक कदम भन्दै आएको कांग्रेसले सर्वोच्च अदालतको फैसला नआउन्जेल आन्दोलनलाई औपचारिकताको रूपमा मात्रै अघि बढाउँदै आएको छ ।

नेपाली कांगे्रसका केन्दीय सदस्य गुरु घिमिरेले ओलीको अवैधानिक कदम जसरी पनि सच्चिनु पर्ने बताएका छन । प्रतिनिधि सभा विघटन गरेर निर्वाचन घोषणा गरेको सरकारको कामचलाउ प्रधानमन्त्रीले विकास निर्माणका काम, घोषणा, शिलान्यास, उद्घाटन समेत गर्न पाउँदैनन् । तर ओली आफूलाई नियमित प्रधानमन्त्री जसरी नै कानुन, विधि र संविधानमाथि चुनौति दिएर सरकारी रकमको दुरुपयोग गरिरहेका छन् घिमिरले भने ।


नेपाली कांगे्रसका नेता तारा बहादुर कोईरालाले भने ओलीले निर्वाचन घोषणा गरेपछि पनि पार्टीका विभिन्न कार्यक्रमहरु गरेर राज्यशक्तिको दोहोन गरिरहेका छन् ,लाखौंलाख खर्च गरेर पार्टीको कार्यक्रममा सहभागी भएकाले पनि यतिबेला कामचलाउ सरकारले शक्ति दुरुपयोग गरेको हो । नेपाली कांगे्रसका नेता बर्मा लामाले यतिबेला राज्यको साधन र स्रोतमाथि दाइँ गर्दै ओली समुह आफ्नो गुट विस्तारमा लागेको छ ।


नेपाली कांगे्रसका पार्टी सभापति रुद्रबहादुर खड्काको सभापतित्वमा भएको बिरोध सभालाई नेपालीका नेता तारा बहादुर कोईराला, देविप्रसाद न्यौपाने, ईश्वर मानन्धर, बालकृष्ण आचार्य, महिला नेतृ गिता शिवाकोटी, महेश काफ्ले, दावा साँङगे शेर्पा र तेजबहादुर बिश्वकर्मा लगायतले सम्बोधन गरेका थिए ।

Written by 

Related posts

Leave a Comment