बाँपीझ्याला, एजेन्सी । स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले शानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले एलाभेसलाई ५–१ ले पराजित गरेको हो ।
बार्सिलोनाको जितमा माचाडो ट्रिन्काओ र लियोनल मेस्सीले दुई–दुई तथा फिर्पोले एक गोल गरे । एलाभेसका लागि रिओजाले एक गोल फर्काए ।
माचाडोले २९ र ७४ औँ तथा मेस्सीले पहिलो हाफको इन्जुरी समयको पहिलो तथा ७५ मिनेटमा र फिर्पाले ८० औँ मिनेटमा गोल गरेका हुन् ।
एलाभेसका लागि रिओजाले ५७ औँ मिनेटमा एक गोल फर्काए ।
जितपछि दोस्रो स्थानमा उक्लिएको बार्सिलोनाको २२ खेलबाट ४६ अंक भएको छ । समान खेलबाट समान ४६ अंक नै भए पनि रियल मड्रिड तेस्रो स्थानमा झरेको छ ।
शनिबार राति नै भएको खेलमा शीर्ष स्थानको एथ्लेटिको मड्रिडले ग्रानाडालाई २–१ ले पराजित गरेको छ । एथ्लेटिकोको २१ खेलबाट ५४ अंक छ । अरु खेलमा सेभिल्लाले हुएस्कालाई १–० ले पराजित गर्दा एइबर र रियल भालाडोलिडले १–१ को बराबरी खेलेका छन् ।