Search

पर्यटन प्रबद्र्धनको लागि दोलखाको दुई स्थान छानीयो । ५ करोड रकम विनियोजन

पर्यटन प्रबद्र्धनको लागि दोलखाको दुई स्थान छानीयो । ५ करोड रकम विनियोजन

अजय प्रधान,
बाँपीझ्याला, दोलखा ।
पर्यटन पूर्वाधार तथा पर्यटन उपजको विकास तथा प्रबद्र्धन गर्ने उदेश्यले दोलखाका दुई वटा स्थान छानिएका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्धारा दोलखाको जिरी नगरपालिका स्थित च्योर्दुङ एकीकृत पर्यटन पुर्वधार बिकास आयोजना र शैलुङ गाउँपालिकाको कालापानी मिनि ग्रेट वाल निर्माण गर्न आयोजनाहरु छनोट भएका हुन् ।

उक्त आयोजनाहरु संञ्चालन गर्नको लागि मन्त्रालयले ५ करोड १९ लाख बजेट विनियोजन गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पालिकाहरुको समन्वयमा ति आयोजनाहरु छनोट गरेको बताएको छ । जस अन्तर्गत शैलुङ गाउँपालिकाको कालापानी मिनि ग्रेट वाल निर्माण गर्नको लागि कुल लागत अनुमान ५ करोड रुपैया रहको छ ।

त्यसमा मन्त्रालयको ३ करोड ५० लाख र सम्बन्धित गाउँपालिकाको १ करोड ५० लाख लागत साझेदारिमा दुई वर्ष भित्र निर्माण सम्पन्न गर्नु पर्ने छ । त्यसै गरी दोलखाको जिरी नगरपालिकामा रहेको च्योर्दुङ एकीकृत पर्यटन पुर्वधार निर्माणका लागि कुल लागत दुई करोड ६० लाख रुपैयाँ रहेको छ ।

जसमा मन्त्रालयको लागत १ करोड ६९ लाख रुपैयाँ रहने मन्त्रालयले जनाएको छ । भने जिरी नगरपालिकाको लागत साझेदारी ९१ लाख रुपैयाँ रहने छ । कालिञ्चोक एफएम बाट

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!