Search

गिरिजा प्रसाद कोईराला फाउन्डेसन दोलखा शाखाले अपांग तथा जेष्ठ नागरिकलाई न्यानो कपडा, जाकेट तथा ब्लान्केट बितरण

गिरिजा प्रसाद कोईराला फाउन्डेसन दोलखा शाखाले अपांग तथा जेष्ठ नागरिकलाई न्यानो कपडा, जाकेट तथा ब्लान्केट बितरण

अजय प्रधान
१ फागुण, बाँपीझ्याला, दोलखा । गिरिजा प्रसाद कोईराला फाउन्डेसन दोलखा शाखाको आयोजनामा द्वाल्खा गुठीका पुर्व अध्यक्ष तथा समाजसेबि स्वर्गिय टंक कुमारी राजभण्डारीको सस्मरणमा उहाको कान्छो छोरा दिपमणि राजभण्डारीको सहयोगमा जिरी नगरपालीका वडानं –५ को अपांग तथा बयोबृद्ध जेष्ठ नागरिक आमाहरुलाई न्यानो कपडा, जाकेट तथा ब्लान्केट बितरण गरिएको छ ।

यसै गरी फाउन्डेसनले यस अघि पनि दोलखा जिल्लाको बिभिन्न स्थानहरुमा महाभुकम्पको बेला भुकम्प पिडितहरुलाई दाल, चामल, तेल र त्रिपालहरु बितरण गर्नुको साथै कोरनाको माहामारीमा पनि गौरीशंकर बालगृहका असाह्य बाल बालिकाहरुलाई खाद्य सामाग्री, स्वास्थ्य सामाग्री र शैक्षिक सामाग्री बितरण गरिनुका साथै दोलखा जिल्लाको जेष्ठ नागरिकहरुलाई फलफुल बितरण गरी सम्मान गरिएको थियो ।

आगामी दिनहरुमा पनी यस फाउनडेसन दोलखा जिल्ला शाखाले बिभिन्न स्थानहरुमा शैक्षिक तथा खेलकूद कार्यक्रम र स्वास्थ्य शिबिरहरु संन्चालन गर्ने गिरीजा प्रसाद कोईराला फाउन्डेसन दोलखा शाखाका संयोजक राकेश श्रेष्ठले बताउनु भयो ।


यसै गरी समाजसेवी स्वर्गीय टंक कुमारी राजभण्डारीले सामाजिक तथा शैक्षिक क्षेत्रमा गरेका बिभिन्न योगदानको चर्चा गर्दै कार्यक्रममा सहयोग गर्ने सम्पुर्ण सहयोगीहरु आदरनिय दिपमणि राजभण्डारी, श्रीमान श्रीमती सुरेन्द्र श्रेष्ठ र अन्जना श्रेष्ठ, नेपाली कांग्रेसकी नेतृ बिनिता अधिकारी ,नेबिसंघ दोलखाका नेता राजन बस्नेतलाई धन्यबाद दिदै कदर पत्र प्रदान गरेका थियो । कार्यक्रममा नेपाली कांग्रेस जिरी नगरपालीकाका नगर सभापती सोनाम सेर्पा, नेबिसंघ दोलखाको अध्यक्ष भीम खड्का, नेपाली कांग्रेस दोलखाको क्षे नं –२ का क्षेत्रीय सचिब राजन बस्नेत लगाएतले शुभकामना मन्तब्य दिनु भएको थियो । संयोजक राकेश श्रेष्ठको सभापतीत्वमा संचालन भएको उक्त कार्यक्रममा फाउनडेसनका जिरी नगर संयोजक कुमार जिरेलले स्वागत मन्तब्य दिनु भई उपस्थित सम्पूर्णमा स्वागत गर्नु भएको थियो ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!