बाँपीझ्याला, काठमाण्डौं । जनयुद्ध दिवसकै दिन अध्यक्ष प्रचण्डकाे हातबाट टीका लगाएर बिहे गर्ने सपना साँचेका एक जाेडीकाे अाज विवाह सम्पन्न भएकाे छ । नेपाली कम्षुनिष्ट आन्दाेलनमा सक्रिय एक जाेडीले लामाे समयदेखि रहेकाे प्रेम सम्बन्धलाई वैवाहिक सम्बन्धमा परिणत गर्न सफल भएका हुन ।
यतिमात्र हाेइन, याे जाडीले जातीय विभेदकाे बलियाे पर्खाल समेत ताेड्न सफल भएका छन् । जातभातकाे बेसी नै संरक्षण भएकाे सुदूरपश्चिममा फरक जातबीच मागी त के भागी विवाह समेत स्वीकार्य छैन । याे परिस्थितिमा उनीहरुले भने विभेदकाे पर्खाल ताेडे र एउटा उदाहरणीय पहल लिन सफल भए ।
आज नेकपा मुख्यालय पेरिसडाँडामा अध्यक्ष प्रचण्डबाट टीका र माला लगाउनु दुबैकाे जीवनमा एेतिहासिक क्षण बन्न पुग्याे ।
बिरेन्द्र बि.सी. र लक्ष्मी जाेशी, स्कुल पढदादेखि नै क्रान्तिकारी कम्युनिष्ट आन्दाेलनमा हाेमिए । २०५८ माओवादी आन्दाेलनसँग जाेडिए बिरेन्द्र । जनयुद्धकाे उत्कर्षमा २०६१ मा उनी बैतडीकाे उदयदेव माविमा अखिल क्रान्तिकारीकाे इकाइ कमिटीकाे नेतृत्व गर्न पुगे ।
शान्ति प्रक्रियामा माओवादी अवतरणपछि २०६४ सालमा बिरेन्द्र नेकपा माओवादीकाे कञ्चनपुर जिल्ला कार्यालय सचिव बने । २०६७ मा अखिल क्रान्तिकारी सिटिईभिटीकाे पश्चिम जिल्ला अध्यक्ष हुँदै केन्द्रीय सचिवालय सदस्यकाे जिम्मेवारिमा रहेका बिरेन्द्र हाल भने नेकपा कञ्चनपुर जिल्ला कमिटीका सदस्य छन् ।
दार्चुलामा जाेशी ब्राम्हण परिवारमा जन्मेकी जन्मेकी लक्ष्मी २०६० सालदेखि नै माओवादी आन्दाेलनमा जाेडिइन । बिद्यार्थी राजनीतिमा सक्रिय रहेकै बेला बिरेन्द्रसँग उनकाे परिचय भयाे र याे परिचय समयक्रमसँगै प्रेममा परिणत भयाे । पछि कञ्चनपुर अखिल क्रान्तिकारीकाे उपाध्यक्ष र केन्द्रीय सदस्य बनिन लक्ष्मी । पछिल्लाे समय भने उनी सुदूरपश्चिम विश्वविद्यालयमा जागिरे छिन् ।
उनीहरुकाे प्रेम त्यति सहज थिएन । फरक जातका कारण सहनै विवाह हुन सक्ने कुरा थिएन । तर उनीहरुले अठाेट लिऐका थिए । त्यसमा पनि उनीहरुकाे धाेकाे अध्यक्ष प्रचण्डलाई नै साक्षी राखेर अनि अाशिर्वाद लिएर बिहे गर्ने थियाे ।
आज पेरिसडांडामा आयाेजित कार्यक्रममा उनीहरुकाे त्याे धाेकाे पुरा भयाे । अन्तरजातीय जनवादी विवाह गरेर समाजलाई समाज परिवर्तन भएको गतिलो उदाहरण दिएका छन् उनीहरुले ।