Search

रक्षासिंह राणासहित दर्जन भन्दा बढी फिल्मकर्मी कांग्रेसमा प्रवेश

रक्षासिंह राणासहित दर्जन भन्दा बढी फिल्मकर्मी कांग्रेसमा प्रवेश

०१ फाल्गुन, बाँपीझ्याला, काठमाडौं । चलचित्र निर्देशक समाजका अध्यक्ष रक्षासिंह राणासहित एकदर्जन फिल्मकर्मी नेपाली कांग्रेस प्रवेश गरेका छन् । बुढानिलकण्ठमा आयोजित समारोहमा पार्टी सभापति शेरबहादुर देउवाले फूलमाला लगाएर उनीहरुलाई भित्राए ।

फिल्म निर्माता छवि ओझा कांग्रेस प्रवेश गर्ने भनिएपनि उनी कार्यक्रममा गएनन् । पार्टीमा प्रवेश गराउँदै सभापति देउवाले देश निर्माणमा कलाकारको योगदान महत्वपूर्ण हुने बताए । पार्टी प्रवेश कार्यक्रममा कांग्र्रेस नेता प्रकाशशरण महत र प्राविधिक संघका पुष्कर लामा पनि सहभागि थिए ।

कांग्रेस प्रवेश गर्नेहरुमा राणासहित फिल्म वितरक गोपाल कायस्थ, अभिनेत्री रिस्ता बस्नेत, द्वन्द्व निर्देशक एनबी महर्जन, प्राविधिक संघका पूर्वअध्यक्ष सन्तु तामाङ, पत्रकार विजयरत्न तुलाधरसहित अन्य फिल्मकर्मी छन् ।

Written by 

Related posts

Leave a Comment