Search

‘फूल भन्दा’ मा विकेशसँग रोमान्टिक बनिन् प्रियंका

‘फूल भन्दा’ मा विकेशसँग रोमान्टिक बनिन् प्रियंका

बाँपीझ्याला, काठमाण्डौं । अभिनेत्री प्रियंका कार्की लामो समयपछि म्युजिक भिडियोमा देखिएकी छन् । उनको अभिनय रहेको म्युजिक भिडियो ‘फूल भन्दा‘ शुक्रबार सार्वजनिक भएको छ । गायिका एलिना चौहान तथा गायक ओम सुनारको स्वर रहेको गीतको भिडियोमा अभिनेत्री कार्कीलाई मोडल विकेश शाहीले अभिनयमा दिएका छन् । भिडियोमा दुवैको जोडी आकर्षक देखिएको छ ।

ओम सुनारको शब्द, संगीत तथा संगीत संयोजन रहेको गीतको भिडियोमा सुशान्त बसेलको सम्पादन र कृष्ण पाण्डेको छायाँकन रहेको छ । कविराज गहतराजको निर्देशन रहेको यसै भिडियो मार्फत मोडल शाहीले अभिनयमा डेब्यू गरेका हुन् ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment