०१ फागुण, बाँपीझ्याला, एजेन्सी । टोकियो ओलम्पिक खेलकुदका प्रमुख योशिरो मोरीले राजीनामा दिएका छन् ।जापानमा आउँदो जुलाई २३ देखि अगस्ट ८ तारिखसम्म आयोजना हुने ओलम्पिका प्रमुख मोरीले शुक्रबार राजीनामा दिएका हुन् । महिलामाथि अभद्र टिप्पणी गरेपछि उनी विवादमा तानिएका थिए । विवादमा तानिएका उनले आफैँ राजीनामा दिएका हुन् ।
८३ वर्षीय जापानका पूर्वप्रधानमन्त्रीसमेत रहेका मोरीले ‘महिलाहरू बैठकमा बढी बोल्छन्’ भन्ने अभिव्यक्ति दिएका थिए ।
कोरोना महामारीका कारण सन् २०२० मा हुने भनिएको टोकियो ओलम्पिक एक वर्षपछि सरेको हो ।