Search

आज फागुण १, २६औं जनयुद्ध दिवस, पूर्व माओवादी भने छिन्नभिन्न

आज फागुण १, २६औं जनयुद्ध दिवस, पूर्व माओवादी भने छिन्नभिन्न

बापीझ्याला, काठमाडौं । तत्कालिन विद्रोही नेकपा (माओवादी) नेतृत्वमा शुरू भएको जनयुद्धको आज २६औं वर्षगाँठ मनाइँदैछ । वि.सं. २०५२ साल फागुन १ गतेदेखि शुरू भएको सशस्त्र विद्रोह २०६२÷६३ सालको जनआन्दोलनसँगै अन्त्य भएको थियो ।

संविधानसभाबाट संविधान बनाउनुपर्ने, राजतन्त्रको अन्त्य र जनवादी व्यवस्थाको स्थापना गर्ने भन्दै माओवादीले रोल्पा, सिन्धुली र गोरखाका विभिन्न प्रहरी चौकीमा आक्रमण गरेर नेपालमा शसस्त्र विद्रोहको शुरूवात गरेको थियो । जनयुद्ध शुरू भएको १४ दिनपछि गोरखाको पन्द्रुङ, जराङ (हाल बारपाक सुलिकोट गापा (८) मा प्रहरीले चलाएको गोली लागि स्कुले विद्यार्थी दिलबहादुर रम्तेल मारिएका थिए।

त्यसपछि राज्य र विद्रोही पक्षबाट गरी झन्डै १७ हजार नेपालीको सो युद्धमा ज्यान गएको थियो । २०६३ साल मंसिर ५ गते विस्तृत शान्ति सम्झौता गरेपछि शसस्त्र विद्रोह औपचारिक रूपमा अन्त्य भएको थियो । शसस्त्र विद्रोह शुरू भएको दिनलाई माओवादीले जनयुद्ध दिवसका रुपमा मनाउँदै आएको छ । जनयुद्ध हाँकेको माओवादी पार्टी भने अहिले छिन्नभिन्न भइसकेको छ । शीर्ष नेतृत्व नै तितरवितर भइसकेका छन् ।

प्रचण्ड नेतृत्वमा रहेको माओवादी पार्टी र साविक नेकपा एमालेबीच एकता भइ बनेको नेपाल कम्युनिष्ट पार्टीमा अहिले दरार उत्पन्न भएको छ । जनयुद्ध नेतृत्व गरेका अर्का नेता डा. बाबुराम भट्टराई नयाँ शक्ति पार्टी हुँदै अहिले जनता समाजवादी पार्टीको अध्यक्ष भएका छन् । मोहन वैद्य ‘किरण’ ले नेकपा क्रान्तिकारी माओवादी र नेत्र विक्रम चन्द ‘विप्लव’ ले नेपाल कम्युनिष्ट पार्टी खोलेका छन् । विप्लवको पार्टीलाई भने वर्तमान सरकारले प्रतिबन्ध लगाएको छ ।

दोलखाको चाडपर्ब तथा जात्राहरु

Written by 

Related posts

Leave a Comment