अजय प्रधान,
बाँपीझ्याला, दोलखा । निजी क्षेत्रको जेठो संस्थाको रुपमा रहेको चेम्बर अफ कमर्सको दोलखा शाखाको दोस्रो साधारण सभा सदरमुकाम चरिकोटमा सम्पन्न भएकोछ । मुलुकका आर्थिक, औद्योगिक तथा व्यवसायिक विकासको लागि प्रभावकारी एवं सशक्त भूमिका निर्वाह गर्दै आएको दोलखा चेम्बर अफ कमर्सले निजीक्षेत्रको आवाजलाई घनीभूत बनाउदै आएकोछ ।
दोलखा शाखाको दोस्रो साधारण सभाको उद्घाटन गर्दै नेपाल चेम्बर अफ कर्मसका केन्द्रीय अध्यक्ष राजेश काजी श्रेष्ठले चेम्बरले सरकार र निजीक्षेत्रको पुलको रुपमा काम गर्दै आएको बताए । उनले नयाँ राजनीतिक प्रणाली र संयन्त्रको निर्माणसँगै यस चेम्बरले अहिले सदस्य संस्थाहरूको दायरालाई विस्तार गरी देशव्यापी सञ्जाल निर्माण समेत गरिसकेको जानकारी दिए ।
यस संस्थाले देशका औद्योगिक तथा व्यवसायिक संघ संगठनहरूको संघीय संरचनामार्फत प्रत्येक उद्यमी तथा व्यवसायी साथीहरूले भोगेका समस्याहरूलाई सम्बन्धित निकायसमक्ष सशक्तरूपमा उठाउदै आएको श्रेष्ठको भनाई छ । चेम्बरले मुलुकको आर्थिक, औद्योगिक तथा व्यवसायिक विकासका एजेण्डाहरूलाई व्यवहारिक ढंगले कार्यान्वयन योग्य बनाउन प्रस्तावित नीतिगत सुझावहरू समेत सरकारलाई दिदै आएको दोलखा चेम्बर अफ कमर्स अध्यक्ष बिष्णु श्रेष्ठले बताए । उनले भने निजीक्षेत्रले भोगिरहेका समस्याहरूको समाधान नगरी मुलुकको आर्थिक उत्थान संभव देखिदैन ।
हामी निजीक्षेत्रले भोगेका समस्याहरू समाधान नगरी मुलुकको औद्योगिक तथा व्यवसायिक विकास हुन सक्दैन र मुलुकले आर्थिक समृद्धिको दिशामा अपेक्षित उपलब्धि हासिल गर्न सक्दैन उनले भने । निजीक्षेत्रलाई हेर्ने सरकारी दृष्टिकोणमा पनि परिवर्तन जरुरी देखिएको छ । हामी आफ्नो सकारात्मक र जिम्मेवार भूमिकाका लागि सदैव कटिबद्ध छौं श्रेष्ठले भने ।
कोभिड नियन्त्रणका लागि दोलखा चेम्बर अफ कमर्शले जिल्लामा भित्र खटिई काम गर्ने प्रशासक, सेना, प्रहरी, स्वास्थ्यकर्मी, उद्योगीलाई माक्स वितरण गरिएको थियो । अग्रपत्तिमा खटिने संघ संस्था लगायत प्रशासक, सेना, प्रहरी स्वास्थ्यकर्मी पत्रकारहरुलाई सम्मान सम्मानित गरि महिला व्यवसायका लागि उत्प्रेरित गर्ने उद्देश्यले सेन्चुरी कमर्सियल बैंक सहकार्य गरी वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरिएको सचिव पाण्डप पाण्डेले बताए ।
संस्थागत संरचनाको मेरुदण्ड भनेकै सदस्यहरु र आर्थिक पाटोलाई महत्वपूर्ण मानिन्छ यसका लागि हामी सहभागी सदस्यहरुबाट सकेको मासिक सहयोग उठाई कार्यालय स्थापना तथा नियमित कार्यसञ्चालन बैठक भेला प्रशिक्षण कार्यक्रमहरु गर्दै आएका उनले बताए ं।
सदस्यहरुको विस्तार पेशागत दक्षतामा अभिवृद्धि गरिदै लगिने देश विकासको मेरुदण्ड भनेकै निजि क्षेत्र हो यस क्षेत्रलाई संघिय, प्रदेश स्थानीय सरकारको तर्फबाट समानुभूति नीति निर्माण तथा व्यवसायिक क्षेत्रका कार्यक्रमहरुमा सहभागि गराउनका लागि सरकारले निर्णय निर्देशन गरेता पनि काँहि कतै आनाकानी गरी नबुझेको जस्तै गरिदै आएकोमा उनले असन्तुसष्टि ब्यक्त गरे । देशका सबै पेशाकर्मी व्यापारी व्यवासायी समान हुन् स्थानिय सरकारलाई चेतना भया पाण्डे भने ।
दोलखा चेम्बर कर्मस अफ दोलखाको पूर्व अध्यक्ष बिष्णु श्रेष्ठ पून अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन ।
अध्यक्ष बिष्णु श्रेष्ठ
उपाध्यक्ष विर शंकर शाही
उपाध्यक्ष पुरुषोत्तम ठकुरी
महासचिव पान्डबसिङ पाण्डे
सचिव रुद्रजङ्ग बुढाथोकी
कोसाध्यक्ष राजकुमार खड्का
सहकोसाध्यक्ष टेक बहादुर गोले
सदस्य कृष्ण नेपाली
सदस्य सुरेश चन्द्र खड्का
सदस्य नवराज खतिवडा
सदस्य हरि श्रेष्ठ
सदस्य कल्पना ठकुरी
सदस्य गौरी शाही ठकुरी
सदस्य पबित्रा पौडेल
सदस्य राजिव कार्की
सदस्य बिनोद जिरेल
सदस्य संगम बस्नेत
सदस्य भरत बस्नेत
सदस्य राम बहादुर तमाङ
सदस्य रामकृष्ण श्रेष्ठ
सदस्य जानुका सापकोटा सो समारोहमा जिल्ला समन्वय समितीलदोलखाका डबल पाण्डे, भिमेश्वर नगरपालिका प्रमुख भरत केसी, प्रमुख जिल्ला अधिकारी रमेश प्रसाद शिवाकोटी, नेपाली कांगे्रस दोलखाका सचिव बालकृष्ण आचार्य, राप्रपा नेपालका दोलखा अध्यक्ष राजन शिवाकोटीले शुभकामना दिएका थिए । रातो गुँरास दोलखा ।