Search

आगालागीले चार घर नष्ट

आगालागीले चार घर नष्ट

अजय प्रधान,
बाँपीझ्याला, दोलखा ।
दोलखा जिल्लाको जिरी नगरपालिका ४ मा आगलागी हुँदा चार घर जलेर नष्ट भएको समाचार प्राप्त भएको छ । चित्रेस्थित चुर्तमान मगरको घरबाट सल्किएको आगोले पासाङफुरी शेर्पा, दावा शेर्पा र शान्तविर जिरेलको समेत घर जलेर नष्ट भएको वडाध्यक्ष पदेमान जिरेलले जानकारी दिए ।


दुई वटा घर पूर्ण रुपमा ध्वस्त भएका छन। भुकम्पपछि पुननिर्माण गरिएको दुई घर र पुरानै दुई गरी चार घर आगलागीबाट नष्ट भएको हो ।


ल्होछार मनाउन मानिसहरु घर बाहिर रहँदा चुर्तमान मगरको घरको भान्सा कोठाबाट आगो सल्केर भएको आगलागीबाट मानवीय क्षति भने भएको छैन ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment