Search

दोलखाली छोरा मन्त्री गुरुङको आमन्त्रणमा जिल्लाका पत्रकारहरु विच भेटघाट

दोलखाली छोरा मन्त्री गुरुङको आमन्त्रणमा जिल्लाका पत्रकारहरु विच भेटघाट

बाँपीझ्याला, काठमाण्डौ । संचार तथा सूचना प्रविधि मन्त्री, नेपाल सरकारका प्रवक्ता तथा दोलखाली छोरा पार्वत गुरुङको आमन्त्रणमा उपत्यका आएर पत्रकारीता क्षेत्रमा आवद्ध दोलखा जिल्लाका पत्रकारहरु बिच आज ईन्देणी ब्यान्केट नयाँ बानेश्वरमा भेटघाट तथा चियापान अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त भेटघाट चियापान अन्र्तक्रिया कार्यक्रममा दोलखा जिल्लाका एक शय भन्दा बढी पत्रकारहरुको सहभागीता रहको थियो ।


विहानको ८ः ३० बाट शुरु भएको उक्त अन्र्तक्रिया कार्यक्रम करिव ५ घण्टासम्म सञ्चालन भएको उक्त कार्यक्रममा सहभागी पत्रकारहरुले आफ्नो परिचय, अनुभव र दोलखा जिल्ला र उपत्यकामा पत्रकारीता क्षेत्रमा भए गरेका काम र समस्या अनी मन्त्रीले राष्ट्र र जिल्लाको बारेमा गर्नु पर्ने कार्यहरुको बारे बोल्नुका साथै जिल्लाका पत्रकारहरुलाई सम्झेर आमन्त्रण गरिएकोमा मन्त्री गुरुङलाई आभार व्यक्त गर्नु भएको थियो । दोलखा जिल्लामा बसी पत्रकारीता शुरु गर्ने अग्रज पत्रकार भोजराज न्यौपाने, राजेन्द्र मानन्धर, बलराम खड्का र रमेश खड्का लगाएत अन्य पत्रकारको उपस्थिती रहेको थियो ।


स्वागत मन्तव्यको क्रममा संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङका प्रेस सल्लाहकार संचार विद् राजेन्द्र मानन्धरले उपस्थित सम्पूर्ण दोलखाली दाजुभाई, दिदिबहीनीहरुलाई संचार मन्त्रालयको तर्फबाट स्वागत गर्दै अगाडी भन्नु भयो । आजको यस चियापान तथा भेटघाट कार्यक्रमको मुख्य उद्देश्य भनेको दोलखा जिल्लाबाट आएर पत्रकारीता क्षेत्रमा लागी दोलखा जिल्ला अनी नेपाल राज्यको समाचार सम्प्रेशन गरी देश, विदेशमा बस्नु हुने नेपाली दाजुभाई, दिदिबहीनी र शुभचिन्तकहरु बिच समाचार पू¥याई सहयोग गर्नु भएर बस्नु हुने दोलखाका अग्रज पत्रकारहरु लगाएत अन्य पत्रकारहरु बिच परिचय गर्ने र घनिष्ठ सम्वन्ध राख्न लगाउने उद्देश्यले आजको यस कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।


संचार तथा सूचना प्रविधि मन्त्री, नेपाल सरकारका प्रवक्ता तथा दोलखाली छोरा पार्वत गुरुङले आफ्नो आमन्त्रणलाई स्विकार गरी आउनु हुने सम्पूर्ण दोलखा जिल्लाका अग्रज पत्रकार तथा अन्य पत्रकारहरु आएकोमा खुसी भएको बताउनु भयो । उपत्यका आएर आम सञ्चार क्षेत्रमा कार्यरत दोलखाली पत्रकारहरु विच यसरी भेटघाट गराउन पाउँदाको यो क्षण भनेको दोलखालीहरु बिचको मायाँ र ममता गाँसीएको क्षणको रुपमा लिएको बताउनु भयो ।


यसै गरी आजको भेटघाट तथा चियापान कार्यक्रमलाई ऊर्जाशिल कार्यक्रमको रुपमा लिन पनी वहाँको आग्रह रहेको थियो । सरकारमा बसे पनी नबसे पनी आफु दोलखा जिल्लामा गर्नु पर्ने दायित्व र जिम्मेवारीबाट कहिले पछी नपर्ने र यस अभियानमा दोलखाली पत्रकारहरु लगाएत सम्पूर्ण जिल्लावासीहरुको सहयोग हुने कुरामा वहाँ विश्वस्त रहेका बताउनु भयो ।
आजको भेटघाट कार्यक्रमको बारेमा उपस्थित जिल्लाका पत्रकार दाजुभाई दिदिबहिनीको मनमा जस्तोसुकै कौतुहल्ता, शंका उपशंका भएपनी केही नराम्रो नसोची सकारात्मक सोचको लागि अनुरोध गर्नु भएको थियो । विगतमा बिबिध कारणले भेटघाट गर्न नसकिएकोले अहिले यो भेटघाट कार्यक्रमको आयोजना गरिएको हो ।


आफुले नेपाल राज्य र जन्मथलो दोलखाको लागि सञ्चार क्षेत्रमा महत्वपूर्ण कार्यहरु गर्न लागिएको र यसको लागि सवैको सहयोगको अपेक्षा गरिएको समेत बताउनु भयो । आफु मन्त्री भएको यतीबेला आफुलाई कुनै गुट, उपगुट र पार्टीको आखाँले हेर्नु भन्दा पनी जिम्मेवार दोलखाली छोरा मन्त्री भएर नेपाल सरकारलाई सहयोग गरेको छ त्यसैले यसलाई सहयोग गर्नु पर्छ भनी मनमा लिएर सहयोग गर्ने कुरामा आशा एवं विश्वास लिएको बताउनु भयो । उक्त अन्र्तक्रिया कार्यक्रम संचालन दोलखाली पत्रकार समाजका अध्यक्ष सन्तोष खड्काले गर्नु भएको थियो ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!