Search

आज सोनाम ल्होसार धुमधाम साथै नयाँ बर्ष २८५७ औ शुरु

आज सोनाम ल्होसार धुमधाम साथै नयाँ बर्ष २८५७ औ शुरु

३० माघ, बाँपीझ्याला, काठमाडौँ । सोनाम ल्होसारको नामले प्रख्यात रहेको यस पर्व तिब्वेतिय, शेर्पा, तामाङ र चिनिया मुलका जनताहरुले सोनाम ल्होसार तथा नयाँ वर्ष २८५७ औं बर्ष धुमधामले मनाएका छन् ।

माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व विविध कार्यक्रम आयोजना गरी मनाएका छन् । मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५७औँ वर्ष शुरु हुन्छ ।

आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश हुन्छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको पाईन्छ ।


ल्होसारका १२ वटै वर्ष पशुपक्षीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाको भनाई रहेको छ । तामाङ जातिको समेत बसोबास रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ । यसरी आज मनाइएको ल्होसार पर्वका अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ । यस पर्वका अवसरमा बौद्धनाथ क्षेत्र विकास समितिले बौद्ध क्षेत्रमा विविध कार्यक्रम आयोजना गरी मनाएको अध्यक्ष चन्द्रमान लामाले जानकारी दिनुभयो । कोरोना महामारीका कारण यस वर्ष स्वास्थ्य सुरक्षाका विधि अपनाएर ल्होसार मनाएको समेत थाहा हुन आएको छ ।


यसरी ल्होसार नर्या वर्षको अवसर पारेर बौद्ध क्षेत्रमा आज सांस्कृतिक झाँकी सहित बाजागाजाको ¥याली निकालिएको थियो । दिउँसो महेन्द्र बौद्ध माध्यमिक विद्यालय परिसरमा मूल समारोह समितिका तर्फबाट कार्यक्रम गरिएको थियो । यसैगरी स्वयम्भू क्षेत्रमा विविध कार्यक्रम आयोजना गरी ल्होसार मनाईएको जानकारी प्राप्त भएको छ ।


ल्होसार पर्वको अवसरमा सम्पूर्ण नेपालमा बसोवास गर्नु हुने तिब्बेतिय, शेर्पा, तमाङ्ग लगाएत सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गर्दछौं ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!